काठमाडौं। चावहिलको गणेशस्थानमा सडक पिच गर्ने काम भइरहेको छ। यतिबेला सडक विभागले राजधानीका विभिन्न सडक पिच गरिरहेको छ। सोही क्रममा चावहिलको गणेशस्थानमा पनि सडक पिच गर्ने काम धमाधम भइरहेको छ। सडक पिन गर्न चाहिने गिट्टी लिएर चावहिलबाट गणेशस्थान जाँदै गरेको टिप्पर चावहिल चोकमा फस्यो।
निकै व्यस्त रहने र बाक्लो सवारी साधन ओहोर दोहोर गर्ने चावहिलमा टिपर फसेपछि सवारी आवागमन केही बेर अस्तव्यस्त बन्न पुग्यो। चोकमै पिटर फसेपछि ट्राफिक प्रहरीलाई सवारी सधान व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो।
हाम्रा सहकर्मी महेश धिमालले टिपर फसेपछिको दृष्य यसरी उतारेका छन्।
Post a Comment