समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाकोपातामा लगाएको सुनको जलप कम्तीमा एकसय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने बताइन्छ ।
श्रेष्ठले भने, ‘अहिलेसम्म १३ ओटा तामाको पातामा सुनको जलप लगाइसकेका छौँ । सुन तथा जलप लगाएका पाताहरु सुरक्षित तवरले भन्डारण गरिएको छ ।’ मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेको छ । मन्दिरलाई आवश्यक पर्ने पाता काठमाडौंका सुन्दरकृष्ण शाहीले दान दिएका हुन् ।मन्दिर पुनःनिर्माण गर्दा अहिलेसम्म रु आठ करोड खर्च भइसकेको छ । मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार मन्दिर पुनःनिर्माणमा चाहिने रु १ लाख २५ हजार ओटा इँटा काठमाडौंका हिराकाजी महर्जनले दान गरेका थिए ।
टिम्बर कर्पोरेशनबाट समयमै काठ उपलब्ध हुन नसक्दा र तीन ओटा तहको निर्वाचनले गर्दा मन्दिर पुनःनिर्माणको काममा केही ढिलाइ भएको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले आउँदो साउनभित्रमा मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न गरिने बताए ।
मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकारले आव २०६७/६८ मा दिएको रु एक करोडमध्ये रु ५६ लाखले सुन खरिद गरेको समितिले रु ४४ करोडले काठ खरिद गरेको थियो । यस्तै, आव २०६९÷७० मा सरकारले दिएको रु तीन करोडले सात किलोग्राम सुन खरिद गरेको सचिव श्रेष्ठको भनाइ छ ।श्रेष्ठले भने, ‘सरकारले हामीलाई जिन्सी दिएको हो । नगद हामीले भक्तजनबाट पनि संकलन गर्यौँ । अहिलेसम्म करिब रु छ करोड संकलन भइसकेको छ ।’२४ क्यारेटको सुन पारोमा मिसाएर तामाको पातामा लगाइन्छ । मन्दिरको पुनःनिर्माणका लागि बजेट करिब पुग्ने बताउँदै समितिले मन्दिर छेउको पर्खाल जगैदेखि भत्काएर बनाउनुपर्ने अवस्था रहेको जनाएको छ ।
Post a Comment