बैदेशिक रोजगार बिभागमा भेटिएका पिडित सार्कीलाई दुई महिना अघि बोगटीले दुबई पठाईदिने भन्दै अग्रिम ४४ हजार रकम लिएका थिए । तर विदेश पठाईदिने भनेर रकम लिएपनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडित सार्कीको नाममा बोगटीले ४४ हजारको चेक काटे तर उनले ब्ल्यांक चेक दिएका रहेछन् । पटक-पटक चेक साट्ने प्रयास गरे, पैसा पाउने आशामा चेक सातिने आशामा लम्जुङदेखि पोखरासम्म पनि पुगे तर चेक साटीएन । तब उनले महशुस गरे 'म ठगिएकै रहेछु ।' तर बोगटीबाट ठगिएका सार्कीलाई अहिले त्यहि ब्ल्यांक चेक निकै सहयोगी बनेको छ । उनि चेकनै बोकेर उजुरी गर्न बैदेशिक रोजगार विभागमा पुगेका छन् । तर बिभागले भने उनलाई थप प्रमाण जुटाउन भनेपछि उनी समस्यामा परेको गुनासो गर्छन ।
माथिको तश्विरमा: पिडित सार्की ।
सयकडा २ का दरले साहुसँग ऋण लिएको सुनाउँदै रकम फिर्ता गर्न साहुले दबाब दिँदा खाना खाने रकम समेत नभएको उनको गुनाशो छ । एजेन्ट बोगटीले ४ हजार रकम दिएर झुलाएपछि पटक-पटक काठमाडौँ आउँदा-जाँदा खर्च बढेको भन्दै रकम फिर्ता गरिदिन विभागमा उजुरी गर्न आएको उनले साझा सबाल अनलाईनलाई बताए ।
यस विषयमा हामीले इगल हन्टर म्यानपावरका संचालकसँग बुझ्दा संचालकले ठगि आरोप लागेका बोगटी आफ्नो एजेन्ट भएको तर पैसाको कारोवार एजेन्ट आफैले गरेको बताएको छ । म्यानपावरले एजेन्ट बोगटीलाई सार्कीको रकम फिर्ता गर्न आग्रह गर्ने समेत बताएको छ । सार्कीलाई ठगेको बिषयमा एजेन्ट वोगटीलाईनै पटक-पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
Post a Comment