Latest Updates :

१५२ वर्षपछि एकै पटक भएका यी ३ अनौठो घटनाका दुर्लभ दृष्य पृथ्वीबाट हेर्दा

SHARE THIS POST :
आज १५२ वर्षपछि ब्रमाण्डमा अनौठो संयोग परेको छ । पृथ्वीबाट चन्द्रग्रहण, सुपरमून् र ब्लूमून्‌ एकैपटक देखिएको छ । यो दुर्लभ दृष्य पूर्वी एसिया र अस्ट्रेलियाबाट देखिएको छ । यी तीनै घटना १५२ वर्ष अघि पनि सँगै भएका थिए । १५२ वर्षपछि यी तीन घटनासँगै भएका हुन् ।

के हो खग्रास चन्द्रग्रहण ?
पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन । यही असमानता नै ग्रहण हुने कारण मानिन्छ । गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो । पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ । भने सूर्यग्रहण औंशीका दिन लाग्दछ प्रत्येक औंसी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला ।

सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन। पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसित मेल खान्छन्। अर्थात् सूर्य र पृथ्वी सित एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्। त्यसबेला ग्रहण हुन्छ। ज्योतिष शास्त्रका अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।

के हो सुपरमून् ?
पृथ्वी नजिक आउँदैछ सुपर ब्लु मुन, १४ प्रतिशत धेरै चम्किलो देखिनेछ भन्दै समाचार आइरहेका बेला के हो सुपरमून् बुझ्न सबैको इच्छा छ । सन् २०१८ अर्थात आज सुपर ब्लु मुन अर्थात (निलो चन्द्रमा) देख्न पाइयो । ३१ जनवरीमा सन् २०१८ को पहिलो चन्द्रग्रहण पनि लागेको छ । यसभन्दा पहिले सन् २०१७ डिसेम्बर ३ मा निलो चन्द्रमा देखिएको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यस महिनाको अन्तिम अर्थात जनवरी ३१ मा एक पटक फेरि निलो चन्द्रमा अर्थात सुपर ब्लू मुन देख्न पाइएको हो । सुपरमून एक आकाशीय घटना हो जसअनुसार चन्द्रमा आफ्नो कक्षमा धरतीदेखि सबैभन्दा नजिक आइपुग्छ । यो घटनामा चन्द्रमालाई स्पष्टरुपमा देख्न सकिनेछ । ३१ जनवरी अर्थात पूर्णिमाको दिन तीन कुराले महत्वपूर्ण भयो । पहिलो यो सुपरमुनको एक श्रृंखलामा तेस्रो अवसर हो जब चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको दुरीमा आउँछ ।

दोस्रो भनेको यो घटनाका क्रममा चन्द्रमा सामान्य अवस्थामा भन्दा १४ प्रतिशत चम्किलो देखिनेछ । तेस्रो भनेको एकै महिनामा दुई पटक पूर्णिमा पर्नेछ । यस्तो घटना साधारणतया अढाई वर्षमा एक पटक आउँछ । सुपर ब्लू मुन पृथ्वीको छायाबाट गुज्रिएपछि पूर्ण चन्द्र ग्रहण देखिनेछ । नासाका कार्यक्रम प्रमुख व लुनर ब्लागर गोर्डनले नासाको तर्फबाट विज्ञप्ती निकाल्दै भनेका छन्, चन्द्रमा जब पृथ्वीको छायामा रहनेछ तब यसको सतह रातो हुनेछ जसलाई रक्तिम चन्द्रमा अर्थात रातो चन्द्रमा पनि भनिन्छ ।

पूर्णचन्द्रमा पुरै उत्तरी अमेरिका, प्रशान्त क्षेत्रदेखि लिएर पूर्वी एसियामा यस दिन देखिनेछ । अमेरिका, अलास्का, हवाई द्वीपका मानिसले ३१ जनवरीमा सूर्योदय भन्दा अघि यो चन्द्रमा देख्न पाउनेछन् । मध्य पूर्वका देश समेत एसिया, रूसको पूर्वी भाग, अस्ट्रेलिया र न्यूजील्यान्डमा सुपर ब्लु ब्लडमुन ३१ जनवरीको बिहान चन्द्रोदयका क्रममा देख्न पाउनेछन् ।

डिसेम्बरमा देखिने पूर्णमासीको चन्द्रमालाई कोल्ड मुन पनि भनिन्छ । सन् २०१७ मा यो पहिलो सुपरमुन थियो जसलाई मानिसले हेर्न पाएका थिए । त्यो बेला चन्द्रमाको आकार सामान्य भन्दा सात प्रतिशत ठुलो देखिएको थियो । यो चन्द्रमा सामान्य भन्दा १५ प्रतिशत चम्किलो पनि थियो ।

के हो ब्लूमून्‌ ?
ज्योत‌िषशास्‍त्रमा चन्द्रमालाई ग्रहकी रानी तथा मनको प्रमुख प्रभावकोरुपमा चर्चा गरिएको छ । यो यस्तो शुभ ग्रह हो जो कहिले पनि उल्टो चाल चल्दैन । प्रकृतिको नियम अनुसार औंसीको रातमा चन्द्रमा देखिँदैन भने विस्तारै बढेर पूर्णीमाको रातमा पूर्ण बनेर उदाउँछ । केही समय यता आकाशमा २ वटा चन्द्रमा देखिने भनेर सामाजिक सञ्जालमा भाइरल बनेको देखिन्छ । कतिपयले यसले अनिष्ट हुने समेत अफवाह फैलाएका छन् । तर त्यो हैन । सामान्यतः औंशी र पूर्णिमाको क्रम १ महिनामा १ पटक हुन्छ अर्थात औंशी र पूर्णीमा महिनामा १–१ पटक पर्छन् । तर यो महिनामा भने अनौठो हुँदैछ । किन भने आकाशमा ब्लू मुन देखिँदैछ ।

खासमा ब्लू मुन भनेको निलो चन्द्रमा भने होइन । अंग्रेजीमा एक भनाइ छः ‘वन्स इन ए ब्लू मून।’ कतिपय मनिसले यसलाई आकाशमा नीलो चन्द्रमा देखिने भनेर लगाउँछन् । तर त्यो वास्तविकता होइन । खासमा जव चन्द्रमा पूर्णिमा १ महिनामा दुई पटक पर्छ तव यो समयलाई ब्लू मुन भनिन्छ । यस्तो अवस्था असार १६ देखि साउन १६ अर्थात १ महिनाको अवधी अर्थात अंग्रेजी जुलाइ महिनामा हुँदैछ । जुलाई १ अर्थात असार १६ गते र ३१ जुलाई अर्थात साउन १६ गते १ महिना भित्र २ पू्र्णीमा परेका छन् । यस्तो संयोग ३ वर्षमा १ पटक हुन्छ । यस अघि सन् २०१२ को अगष्टमा पनि यस्तो संयोग परेको थियो । पू्र्ण चन्द्रमा देखिनका लागि ३० दिनको अवधी चाहिने हुँदा सँधै यस्तो संयोग पर्दैन । यही संयोग सन् २०१८ जनवरी ३१ अर्थात आज भयो ।

यो महिना अधिक मास समेत परेको छ । त्यति मात्र नभएर वृहस्पति र शुक्र कर्कट राशिको निक्कै नजिक आएका छन् । शुक्रको यस्तो संयोग पनि शताब्दी पछि परेको मानिएएको छ । इसाइहरुका अनुसार जिसस क्राइष्टको जन्म हुने बेलामा मात्र यस्तो संयोग परेको थियो ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger