Latest Updates :

पृथ्वीनारायण शाहको लुकाइएको इतिहास

SHARE THIS POST :
दीर्घराज प्रसाईं
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म पौष २७ गते १७७९ विक्रम संवत्मा भएको हो। विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए। ‘विशाल–नेपाल’–सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो। पृथ्वीनारायण शाहले नेपालको एकीकरणको महायज्ञमा सक्रिय बनेर कान्तिपुर विजय गरेपछि कान्तिपुर, ललीतपुर, भक्तपुरमा इसाईहरुले प्रभाव जमाएर धर्मपरिवर्तन गराइरहेको थाहा पाएर उपत्यकाबाट इसाई पादरी केपुचीन अन्य इसाईहरुलाई निष्काशन गरेका थिए।इसाईहरुलाई यो क्षेत्रबाट लखेटेपछि उनीहरु नेपालकोपृथ्वीनारायण शाह त्यस्ता

हिन्दु अधिराज्य र पृथ्वीनारायण शाहसँग आक्रोशित भएकाले नेपालमा हिन्दुत्व र पृथ्वीनारायण शाह र उनले एकीकरण गरेको भूमिलाई ध्वस्त बनाउन पर्खेर बाटो हेरर बसेका थिए।

स्मरणरहोस् जयप्रकाश मल्लको समयमा कान्तिपुरमा अंग्रेजको दूत भएर इशाई धर्मको प्रचार गर्र्ने पादरीहरु ‘ब्यापारको साथ बाइबल र बाइबलको साथ तरबार’ भन्ने उक्ति पृथ्वीनारायण शाहलाई जानकारी भइसकेको हुँदा यस्ता परचक्रीहरुलाई थुम्थुम्याएर राखिछाड्नु भन्दा, उपत्यका विजय गरेपछि, क्रिस्चियन धर्म प्रचारक पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले, केपुचिन पादरी आक्रोशित हुँदै पृथ्वीनारायण शाहलाई वद्नाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर झुुठा कुरा बेलायतका रमन्ते कर्कपेट्रिकलाई लेख्न लगाएका थिए।

क्रुर थिएनन् र आफ्नो कब्जामा आइसकेका राज्यका जनताको संरक्षण गर्नु राजाको कर्तव्य हो भन्ने कुरा उनलाई राम्ररी थाहा थियो। त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ?

क्रुर थिएनन् र आफ्नो कब्जामा आइसकेका राज्यका जनताको संरक्षण गर्नु राजाको कर्तव्य हो भन्ने कुरा उनलाई राम्ररी थाहा थियो। त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ? यिनैं झुठा कुराहरुलाई कतिपय नेपाली लेखकहरु समेतले उद्धृत गर्ने कुकर्म गरेकाले पनि अरु धेरै भ्रम थपिन गएको हो । वास्तवमा यी सबै झुठा र पृथ्वीनारायण शाहलाई वदनाम गर्ने षडयन्त्रहरु थिए। कीर्तिपुरेहरुको नाक काटियो भन्ने हारिएको कुरालाई तीललाई पहाड बनाउने काम भएको हो।

पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, भेषभूषमा विभाजित नेपालीहरुलाई एक नेपाली जातिमा परिणत गराएका थिए। नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझो सरकारी भाषाको रुपमा स्वतः रुपान्तर भयो। पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरुलाई फिरङ्गीहरुको बिरुद्ध संगठीत गराउन गोरखनाथबाट कानफट्टा योगीहरु राति राति भूतप्रेत भगाउन फेरी लगाउने चौतर्फी खटाएको थियो।

कानफट्टा योगीहरुले त्यसबेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरुको कही कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे। फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काँगडासम्म कायम नैं छ। त्यस्तै घर घरबाट हरेक नरनारीहरुमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी भएको थियो। खाँडोलाई राष्ट्रिय गानको रुपमा मेला वा अन्य जागृतस्थल लगायत बिवाहहरुमा कण्ठस्त पाठ गर्ने गरिन्थ्यो। यो पनि अध्यावधि नेपालीहरुले बिवाहको शुभलगनको बेलामा इतिहासको पाठ स्वरुप खाँडो जगाइन्छ।

कीर्तिपुर विजय गरेपछि जयप्रकाश मल्लको सहयोगार्थ कर्नेल किल्लोकको नेतृत्वमा आएको २४०० सय अंग्रेजी फौजलाई सिंधुलीबाटै डाडो कटाएको थियो। अंग्रेजी फौज आक्रमण गर्न आउन लागेको कुरा सिंधुलीबाट रामचन्द्र प्रसाईले पृथ्वीनारायण शालाई पत्र लेखेर पठाएका थिए। त्यही पत्रको आधारमा रामचन्द्रलाई उतिउत्तर पठाई आफ्ना सेनापति रामकृष्ण कुँवर र अन्य फौज पठाइएको थियो। सिंधुलीबाट अंग्रेजी फौज उकालो लाग्न थाले पछि जय नारायण मगर लगायत गार्खाली फोज्ले अंग्रजी फौज लखेटेका थिए, जसमा केही मारिए, केही औलोक जरोबाट मरे, अरु केही भागेका थिए।

त्यसपछि काडमाण्डौमा आक्रमण गर्न मिरकासिमको नेतृत्वमा आइलागेका मुस्लिम फौज र अंग्रेजी फौजको षडयन्त्रलाई मकवानपुरगढीबाटै लखेट्ने काम भयो। राष्ट्रिय एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि सिंहसानमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवीत कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाहले राजसिंहासनमा बसेका थिए।

कतिपय लेखकहरु भन्छन्– पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तार गरेको थियो। तर त्यो गोर्खा राज्यको बिस्तार नभएर हिवतखण्डका क्षेत्रका स–साना हिन्दुराज्यकहरुको एकीकरण नैं थियो। गोर्खा, लमजुङ, तनहु, कास्की, पाल्पा, बाइसी, चौबीसी, मकवानपुर, काठमाण्डौं ललितपुर भक्तपुर आदि सबै हिन्दुराज्यहरुको अवस्था अत्यन्त नाजुक भएको र अंग्रेजले यसक्षेत्रमा आँखा गाडेर आक्रमण गनै अवस्था थियो।

विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नैं थियो। त्यसले पृथ्वीनारायण शाह साह्रै चिन्तित थिए। उता इष्ट इण्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दु धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्न हिन्दुहरुलाई आक्रमण गर्ने, मार्ने, मंदिर भत्काउने, धम्क्याउने अनेकौ अत्याचार फिरङ्गीहरुको देखेर हिवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर प्रेरणा हिमवत्खण्डका हिन्दुराज्यहरुलाई एकीकरण गर्ने जातृत गराएको थियो।

नेपालको एकीकरण गर्ने उदेश्यबाट नै प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार र मुसनमान योद्धाहरु समेत गोर्खामा ल्याएका थिए। त्यस्ता पुगपूरुषको तेजोवध गर्ने गद्दाहरुकोको लहैमा लागेर हामी नेपालीहरुले आफ्रनो राष्ट्रका धरोहर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गरेर आफ्नो अस्तित्व मेटाउने काम नगरौं। अतः राष्ट्रिय एकता दिवसको उपलक्षमा हामी नेपालीहरु पौष २७ गते आ–आफ्ना क्षेत्रबाट युगपुरुष पृथ्वीनारायणण शाहको सम्मानसाथ श्रद्धाञ्जलि अर्पण गरौं।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger