आजभोली यो कुकुरको तस्बीर खुबै चर्चाको बिषय बनेको छ । यो तस्बिर दक्षिण कोरियाको बुसान शहरको हो । कुकरको नाम हो फू ।
एक वेबसाइटका अनुसार विगत तीन बर्षदेखि यो कुकर एक घरनजिकै आफ्नो मालिकलाई प्रतिक्षा गरिरहेको छ । रिपोर्टका अनुसार एक महिला फू लाई आफ्नो घर लिएर आएकी थिइन् त्यसपछि महिलाले धेरै लामो समय फूशिलाई आफूसँगै राखिन् ।
एक दिन अचानक महिलाको दिन बिग्रियो अर्थात उनी अस्पतालमा भर्ना भइन् । ब्रेन ह्यामरेजको कारण उनको अस्पतालमै मृत्यु भयो । आफ्नो मालिकको मृत्यु भइसकेको यतिका बर्ष बित्दा पनि कुकुर भने उही मालिकको प्रतिक्षा गरिरहेको छ ।
फु हरेक दिन उही महिलाको घरको तल जान्छ अनी महिला आउने बाटो हेरिरहन्छ । यतिसम्म की कुकुरले केही समयअघिबाट मालिकसँगको विछोडको कारण राम्रोसँग केही पनि खाएको छैन । कुकुर सधैँजसो उदास देखिन्छ ।
मानिसहरुले एनिमल रेस्कु टिमलाई सूचना दिएपछि आएको टोलीले भेटेरीनरी डक्टरसँग चेक गराउँदा कुकुरको उमेर ८ बर्ष भएको पत्ता लाग्यो । कुकुरको आन्द्रामा संक्रमण भएको देखियो । जसको कारण कुकुरको अवस्था बिग्रिरहेको थियो । केही समयपछि कुकुरको उपचार सफल भयो । फू लाई अहिले नयाँ परिवारले एडप्ट गरेका छन् र उसको नाम स्काई राखिएको छ ।
एजेन्सी
Post a Comment