Latest Updates :

इराकमा नेपाली चेली को दर्दनाक अवस्था ! दुवै खुट्टा भचिएर दुखि र परिवार संग समेत सम्पर्क नभएकोले सबै मिली सक्दो share गरी वहाको मद्दत गरौ

SHARE THIS POST :
इराकको बग्दाद स्थित,घरेलु कामदारको रुपमा ३ वर्ष अगाडि जानू भएका भोजपुर गोगने ७ कि चेली शान्ता राई ज्यु लाई त्यहाँका घर मालिक हरु ले चरम शारिरिक एवम मानसिक यातना दिई, दिनुपर्ने रकम को हिसाब किताब नै नगरी निकाला गरि,अस्पताल मा २० दिनसम्म्म अचेत अवस्थामा भर्ना हुनु भै हाल दुवै खुट्टा भचिएको र मेरुदण्डमा समेत चोट पट्क लागेको छ ।



यस्तो अवस्थामा दोहा कतार हुँदै नेपाल जान लग्नु भएको अबस्था मा हामिले दोहा स्थित एरपोर्टमा भेट्यौ र हामि कतार एरवेज मा कार्यरत साथी हरु ले केही रकम सहयोग गरि वहाँआज Dec. 22 का दिन दोहा बाट qr652 मा काठमाडौ बिहान १०:३० बजे आउदै हुनुहुन्छ ।

वहाँको आर्थिक अवस्था अत्यन्तै नाजुक,शारीरिक रुपमा हिड्डुल गर्न समेत नस्क्ने र पारिवारिका सद्स्य संग समेत सम्पर्क को लागि कुनै माध्यम नभएकोले यो सन्देश लाई सक्दो सेयर गरीदीनुहोला ।

सक्दो सेयर गरी वहाँका परिवार तथा आफन्तजन सम्म पुराईदिनु हुन अनुरोध गर्दछौ ।

नोट; वहाँ लाई नेपाल स्थित एयरपोर्ट मा रिसिभ गर्न को लागि वहांको आफन्त जन संग सम्पर्क हुन नसकेको कारण यो सन्देस पढिरहुनु हुने कुनै संघ सस्था/ व्यक्ती ले वहाँलाई वहाको घर अथवा आफन्त जन सम्म पुग्नको लागि सक्दो सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger