नेपाली युवती दिल्लीको कोठीबाट बाहिर निस्केपछि दिएको बयान :एकचोटी सबैले हेर्नुहोला..
सोह्र बर्ष लाग्न लागेकी थिएँ । एसएलसी परीक्षा दोस्रो श्रेणीमा उतिर्ण भएपछि थप पढाइका लागि खर्च जुटाउन नसकिने बारे बाबु–आमाबीच गनथन भैरहँदा मनमा आत्यसका तरङ्गहरु दौडिरन्थ्यो ।’ दोलखाका एक युवतीले दिल्लीको वेश्यालय (कोठी) मा बेचिनुअघिको पृष्ठभूमि पारिवारको गरिबीको चत्रव्युहबाट सुरु गरिन् । ‘पैसा अभावमा बाबु–आमाले एसएलसी उतिर्ण गरेकी छोरीलाई घरनजिकको विद्यालयमा ११ कक्षामा भर्ना गरिदिनेसम्म आँट गर्नसक्नु भएन ।’ युवतीले भन्दै गइन, ‘बाबु सिकर्मी र डकर्मी काम गर्नुहुन्थ्यो तर पैसा जति जाडरक्सीमा उडाउनु हुन्थ्यो । साँझ मात्तिएर घर आएपछि आमालाई कराउन सुरु गर्नुहुन्थ्यो, आमा डरले भाग्नुहुन्थ्यो र बुबा सुतेपछि राती फेरि घर फर्कनुहुन्थ्यो ।’ गरिवी र घरायसी किचलोले किशोरीको मन भुत्भुत्तिरहेको थियो । त्यो थाहा पाएकी एकजना नातामा भाउज्यू पर्ने सीत नेपालीले किशोरीको कमजोरी पक्षमा मलहम लगाउन लागिन् । नुवाकोट जिल्लाबाट दोलखा बिहे गरेर आएकी तिनै सीताको लोलोपतोमा मन बहकिंदै नरकीय संसारमा फस्न पुगेको जिल्ला प्रहरी कार्यालयमा अभियोजनकर्ताको तर्फबाट सनाखत गर्न आउदा किशोरीले सुनाइन् । अहिले सीता नेपाली किशोरीलाई बेच्ने मतियारका रुपमा दोलखास्थित कारागारमा पूर्पपक्षका लागि थुनुवामा छिन् । सीताले आफन्त पर्ने नुवाकोट खरानीटार— ५ बस्ने २१ बर्षीय जवान निरकुमार नेपालीलाई २०७२ साल साउन ३ गते १६ बर्षीया किशोरीको जिम्मा लगाएकी थिइन् । दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले सुरु गरेको फरार अपराधीको फाइल अध्ययन र खोजीको क्रममा किशोरीलाई भारतको दिल्लीमा लगेर बेचेको अभियोगमा निरकुमार पक्राउ परेपछि मानव तस्कर र विक्रीका दलालहरुबारे थप तथ्यहरु खुल्दै गएका छन् । [ दलाली प्रेमको दुष्परिणाम ] करिब एकबर्ष अघिदेखि भाउज्यू पर्ने सीता नेपालीले निरकुमारसँग किशोरीलाई फोनबाट सम्पर्क गराइदिएका थिए । फोनको तरङ्गबाट सुरु भएको प्रेमयात्रा २०७२ साल जेठमा एकआपसमा भेट भएपछि थप बाक्लिएको थियो । दोलखा सदरमुकाम चरिकोटमा तिनै सीताको साहरामा आएकी किशोरीले नुवाकोट घर भएका निरकुमारलाई भेट गराइदिएपछि बिहे गर्ने सहमति भयो । चरिकोटको होटलमा खाजा खाएर घर फर्किएकी किशोरीले काठमाडौं बसेर थप अध्ययनको अवसरदेखि गरिवीको चक्रव्युहबाट मुक्तीको आशाको सपना देख्न थालिन् । बेलाबेलामा आउने निरकुमारको फोन र सीताको ललाइफकाइपछि अन्तत् २०७२ साउन ३ गते चरिकोट हुँदै निरकुमारसँग भागेर काठमाडौं पुगिन् । त्यो बेला पनि सीताले नै ल्याएर निरकुमार कहाँ छाडेको किशोरीले बताइन् । [ किशोरी तस्करको प्रपञ्च ] भूकम्प आएपछिका दिनहरुमा पुष्पलाल—बर्दिवास मार्ग र लामोसाघुँ हुँदै अरनिको राजमार्गबाट दोलखाका बालबालिका, किशोरी र युवती तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ । चरिकोटबाट बस चढेर अरनिको राजमार्ग हुँदै प्रणयसूत्रमा बाधिएको अनूभुतिसाथ किशोरी साउन ३ गते काठमाडौंस्थित टोखामा बास बस्न पुगिन् । यहाँ परिवारको सदस्य खोज्न आउन सक्छ भन्दै निरकुमारले किशोरीलाई भारतको दिल्लीस्थित दिदीको कोठामा बस्ने र दसैंमा फर्कने भन्दै फकाए । घरबाट आमाको लगातार फोन आउदा पनि किशोरीलाई कुरा गर्न रोकियो । तिम्रो भाउज्यु सीता नेपालीमार्फत घरमा भनिसकेको छ भन्दै फोनमा कुरा गर्न नदिइकनै स्वीचअफ गरिदिएपछि किशोरी बाहिरी सम्पर्कविहीन भइन् । काठमाडौं पुगेको भोलीपल्ट विहान भारत जान भनेर सानो गाडी रिर्जभ गरेर निरकुमारले किशोरीलाई लिएर चढे । कलंकी पुगेपछि अरु दुई जना बयष्क मानिसहरु पनि मोटरमा बसे । नेपालगञ्ज पुगेपछि किशोरीलाई कुर्था र पाइन्टहरु किनिदिएपछि त्यही राती नै सबैजना सीमापार गर्दै गाडीमा इन्डिया प्रवेश गरे । सीमापार नभएसम्म कसैले सोध्यो भने तिमीहरु चार/पाँच बर्षदेखि बिहे भएको, घुम्न जान लागेको भन्नु भनेर ति नयाँ दुई जनाले सिकएका थिए । तर, कसैले पनि सोधखोज गरेनन् । यो समाचार इकान्तिपुरमा राजेन्द्र मानन्धरले लेख्नु भएको हो हामीले केही अंश साभार गरेका हौ |
Post a Comment