यतिबेला प्लेन मलेसियाको जमीनमा उभिएको छ, अर्थात केएलआइए एयरपोर्टमा छ अनि काठमाण्डौका लागि उडान भर्ने अन्तिम तयारी गर्दैछ । र, मचाहिँ बोडिङ्ग पासमा तोकिएको सिट च्यापेर ढुक्कले बसेको छु । प्लेनको नाम बताइदिउँ ? त्यो आफै थाहा पाउनुहुनेछ ।‘सिटबेल्ट बाँध्नुस ।’ -को निर्देशनसँगै प्लेनले भुई छाड्दै आकाशिँदैछ भने भर्खरै छाडेको जमीन सानो, अलि सानो, अनि सानो हुदै दृश्य-ओझेल हुदैछ । प्लेनले भुई छाडेको केही बेरमै म देखिरहेको छु,- आफ्नै टाउको सीधा माथि पिलिक्क बलिरहेको (सिटबेल्ट बाँधीराख्नु नपर्ने) सांकेतिक बत्ति र त्यो संकेतसँगै चुरीफुरी गरिरहेका एयर होष्टेजहरु । मलाई बोध हुन्छ,- ‘अव भने प्लेनले लिनुपर्ने उचाई लिएर आकाशको गती पक्डियो ।’
खोल्दा हुने भएपछि कम्बरमा कसिएको सिटबेल्ट खोल्छु । ओठमा मुस्कुराहट पोतेर वाम टावल टक्राउन ट्रे तेस्र्याउदै हाजिर हुन्छे परिचारिका । ती परिचारिकाको मुस्कुराहटलाई म यहाँ उसको सार्वजानिक र औपचारीक सिष्टचार भन्न उपयुक्त ठान्दछु । आफ्नो अगिल्तिर तेर्साएको ट्रे बाट एक पिस वाम टावल लिन्छु र अनुहारमा रगेड्न थाल्छु । त्यो वाम टावलले अनुहार पुछेर फ्रेस हुन पाउँदा नपाउँदै सुन्छु,- ‘वियर पाउँदैन दिदी ?’
Post a Comment