Latest Updates :

दयाहाङ र वर्षाको ‘मिस्टर झोले’ ट्रेलर सार्वजनिक

SHARE THIS POST :
पुष २८ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा कलाकार वृद्धि तामाङ नायिका वर्षा राउतको प्रेममा चुर्लुम्म डुबेका छन् भने नायक दयाहाङ राई नायिका दीया पुनका लागि अरुसँग लडाइँ गरिरहेका छन् ।

२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।

कार्यक्रममा बोल्दै निर्माता टेकेन खड्काले 'झोले'को सिक्वेल बनाउन मन लागेपछि आफ्नो इच्छा अधुरै रहेको बताए । उनले भने, ‘मैले 'झोले'को सिक्वेल बनाउन चाहेको थिएँ । रामबाबु गुरुङसँग पनि 'झोले'को सिक्वेल बनाउनका लागि सहमती भएको थियो । तर, कथा लेख्दै गर्दा 'झोले'को भन्दा पूरै फरक भयो ।’ उनले ‘मिस्टर झोले’ 'झोले'को सिक्वेल नभएको जानकारी दिए ।

यस्तै, नायिका वर्षा राउतले ‘मिस्टर झोले’बाट आफूले ठूलो आश बोकेको बताइन् । कार्यक्रममा दयाहाङ भने अनुपस्थित थिए ।

'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।

भिडियो :-

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger