आजभोली भटाभट घुस खानेहरु समातीन थालेका छन् । हाम्रो स्टीङ अप्रेसनले अझै कति जना लाइनमा लागेका छन् त्यो समयले बताउछ तर अख्तियार दुरुप्रयोग अनुशन्धान आयोगको सक्रियताले एउटा गजबको आशा पनि पलाएको छ र अझै पनि यो सक्रियता पर्याप्त छैन ।
यतिखेर म घुसकाण्डमा परेर समातीएका र अनियमीतता गरेका दृश्य सहित टेलीभिजनमा देखाइएका केही व्यतmीहरुको परीवारलाई सम्झन चाहान्छु । मलाई राम्रारी थाहा छ त्यस्ता व्यतmीहरुको परीवारको सदस्यहरुलाई हामी मनै पदैृन र शायद हामीलाई घृणा गर्नु हुन्छ । अझ हुन सक्छ कतिले त दुश्मनी नै साँध्नु भएको छ ।
हाम्रा कारणले आफ्नो श्रीमानको भण्डाफोर पछि आफ्नो सामाजीक प्रतिष्ठा गुमाउनु भएका श्रीमती ज्युहरु । तपाईका श्रीमानलाई भष्ट्र बनाउनमा तपाईकै हात त छैन । ठुलो घर,टनाटन सम्पत्ती,प्रसस्त गहनाको तपाईको तिब्र चाहनाले तपाईको श्रीमानलाई भष्ट्र बनायो । तलब भत्ताले धान्न नसक्ने जीवन शैली हुँदा कुनै दिन तपाईले आफ्नो श्रीमानलाई सोध्नु भयो कि यतिका पैसा कसरी कमाइरहनु भएको छ ? पैसाको मातमा तपाईले यस्तो प्रश्न कहिले पनि सोध्नु भएन बरु आफ्नो सपिङ लिष्ट थपेको थपेई गर्नु भो ।
तपाईको लोभले तपाइृका श्रीमानहरु बेइज्जत सहदै जेलमा जाकिएका तर तपाइ भने हामीलाई सराप्दै हुनुहुन्छ । नवयुवकहरुलाई एउटा अनुरोध गर्न चाहन्छु आज आफ्ना अविभावकलाई हिम्मत गरेर सोध्नुहोस बुवा,आमा तपाइले कमाएको यो सम्पत्ती बारे केही बताउनुहोस । जतिपनि सम्पत्ती जोड्नु भएको छ के यो भ्रष्टाचार नगरी वा घुस नखाइ कमाएको हो ?
आज विदेशमै भएकाहरुले पनि आफ्ना बाबु आमालाई फोन गरेर यो प्रश्न सोध्नुहोस । आँफुलाइ जन्म र कर्मदिने बाबु आमा जेल गएको र टेलीभिजन लगाएतका संचार माध्यममा देखीएको हेर्दा तपाइृको प्रतिष्ठामा ठेस पुग्छ र शायद त्यसै कारणले हामी भण्डाफोर गरिदिने र टिभी मा देखाइदिन प्रती आक्रोस पोख्नु हुन्छ होला ।
समस्या हाम्रो कार्यक्रममा छैन समस्या तपाईको घरमा छ । आफ्नो आफन्तलाई यस बारेमा प्रश्न गर्नुहोस आजै,अहिल्यै। धन कमाउने प्रतिश्पर्दामा बाँचेको यो समाजका केही वृद्व आमा बाबु पनि कम धन कमाउने छोराछोरी प्रति विभेद देखाउनु हुन्छ । पैसा कमाउन नस्क्ने छोरालाई हेपेको दृष्टीकोणले हेर्ने बाबु आमा,छिमेकीका गरगहना देखेर श्रमिानलाई दवाव दिने श्रीमती र साथीभाइका बाइक देखेर बाबु आमालाई घुरक्याउने छोराछोरीहरुले यो समाजमा भष्ट्रचार बढाउन सघाएका छन् ।
अझै धेरै जनालाई घुस आएको देखाउन लुकेर कतै बसीरहेका हाम्रा निर्जीव क्यामेराहरु र ज्यानको बाजी लगाएर अहोरात्र खटिएका हाम्रा टिभि जर्नलिष्टहरुलाई सराप्नेलाई उल्टो पाप लाग्छ ।
Post a Comment