मिस नेपाल ईन्टरनेशनल निति शाहले हालै जापानमा आयोजित मिस ईन्टरनेश्नलमा नेपालका दुर्गम बस्तीका महिलाहरुको बारे बोलेको अभिब्यक्तिका कारण स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुले चर्को आलोचना गरेका छन् ।प्रायजसो महिला अधिकारबादी देखि कलाकारहरुले समेत नितिको अभिब्यक्तिको खण्डन गरेका छन् । सोमबार रातीबाट सामाजिक सञ्जालमा २०१७ मिस नेपालकी सेकेण्ड रनरअप नीति शाहको आलोचना शुरु भएको थियतो र अहिले आलोचना हुने क्रम बढ्दो छ ।
मिस इन्टरनेशनलमा आफूलाई नेपालको प्रतिनित्व गर्ने नीति महिना दिन अघि जापान पुगेकी थिइन् । हरेक वर्ष हुने मिस नेपाल जस्तै यसबर्ष मिस नेपालमा नीति सहभागी भएकी थिइन् । मोडलिङमा आफ्नो छुट्टै पहिचान बनाएकी उनको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ ।यस वर्षको मिस नेपाल उपाधि नीतिले जित्छिन् भनेर धेरैले अड्कल समेत गरेका थिए तर,अनि बिबाहित भन्ने गोप्य खबर आयोजकको कान सम्म पुग्दा उनले मिस नेपालको ताज जित्न नसकेको धेरैको बिश्लेषण छ जसको कारण निकिता चन्दक ।
यद्दपी नीतिले सेकेण्ड रनरअपको उपाधि जित्न सफल भएकी थिईन् । अहिले यिनै सुन्दरी नितिले अग्रेजीमा बोल्न नजानेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।यसकारण भयो आलोचनाको
जापानमा भइरहेको मिस इन्टरनेशनलमा सम्पूर्ण देशको सुन्दरीहरुलाई महिला शिक्षाको सम्बन्धमा आफ्नो भनाई राख्न दिइएको थियो । यसैमा नीतिले नेपालमा दुई समूहका महिला छन् भनेर बिभाजन गरेकी थिइन् ।
सुन्दरीहरुको सभामा नीतिले यसो भनेकी थिइन् ‘नेपालमा ग्रामीण र शहरीया महिला रहेको छ । सहरमा बस्ने महिलाहरू शिक्षित रहेको, सुगरसफा रहेको र ग्रामीण महिलाहरू अशिक्षित र सरसफाइमा ध्यान नदिने प्रकारको रहेको छ । त्यसमा पनि ग्रामीण महिलाईहरु विभिन्न देशमा बेचिएका छन् । ’ उनको यस भनाइप्रति धेरैले आपत्ति जनाएका छन् ।यसैमा कतिले कमजोर अग्रेजीको कारण यस्तो भनिएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेका छन् भने कतिले कमजोर तयारीको साथै सामान्य ज्ञानको कमीले यस्तो बोलेको लेखेका छन् । केही समय अघि उनले मिस नेपाल निकिता चन्दकलाई काली भनेर सम्बोधन गरेको कारण पनि चर्चामा आएकी थिइन् ।
Post a Comment