अष्ट्रेलियाका विभिन्न शहरहरुमा भइरहेको 'ए मेरो हजुर २' को प्रिमियरका लागि नेपालबाट साम्राज्ञी र झरना उडेका थिए । यतिबेला यी दुई अष्ट्रेलियाका विभिन्न रमणीय स्थानहरुमा मस्ती गरिरहेका छन् । साम्राज्ञीले आफ्नो इन्टाग्राममा केही तश्वीरहरु शेयर गरेकी छिन्, जहाँ झरनासँग साम्राज्ञीको निकटता खुबै देखिन्छ ।
नेपालमा प्रायः फिल्म रिलिज हुनु अघि नै वा रिलिजपछि नायक-नायिकासँग निर्देशक र निर्माताको सम्बन्ध विग्रदै गएका उदारहणहरु धेरै छन् । तर, झरना र साम्राज्ञीलाई हेर्दा त्यस्तो लाग्दैन । 'ए मेरो हजुर २' को पब्लिसिटीदेखि विदेश प्रिमियरमा समेत समय दिएका कारणले पनि हुन सक्छ झरना साम्राज्ञीदेखि मख्ख छिन् । कतै झरना र साम्राज्ञीको यो निकटता चाँडै नयाँ फिल्ममा देखिने संकेत त होइन ?

Post a Comment