के निती शाहको ताज खोसिएला ? देशकै बेईजेत हुने गरि किन बोलिन् यस्तो ? (भिडियो)
मिस नेपाल इन्टरनेशनल २०१७ की बिजेता निती शाह नेपालको प्रतिनिधित्व गर्दै जापानमा छिन् । उनले जापानको एक कार्यक्रममा दिएको बिचारले यतिबेला देशमा हंगामा मचिएको छ । नेपालबाट प्रतिनिधत्व गर्ने त्यो पनि महिलाको रुपमा उभिएकी नीतिले नेपाल यस्तो देश हो जहाका महिलाहरु बेश्याको रुपमा बाहिर बेचिन्छन् भनेपछि यसले बिबादमा उनलाई फसाएको छ । यो अभिव्यक्तिले सामाजिक संजालमा आक्रोस पोख्नेहरु धेरै छन् भने उनले अहिले सम्म यसको जवाफ दिएकी छैनन् । यो अभिव्यक्तिसंगै उनले पाएको मिस नेपाल इन्टरनेशनल २०१७ को ताज खोसिने हो वा अन्य कुनै कारबाही हुने हो वा केही पनि हुदैन त्यो भने भोलीका दिनमा देखिनेछ ।
Labels:
Featured
,
National News
Post a Comment