११ बजे सुरु हुने भनिएको सभा तीन घन्टा अबेर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए । उपस्थित समर्थकलाई अभिवादन गर्दै ओली र प्रचण्ड सभामा प्रवेश गरेको ५ मिनेटपछि प्रचण्डपत्नी तथा प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन् ।खबर आजको नयाँ पत्रिकामा छ ।
प्रचण्डसँगै बसेकी सीता भावुक थिइन् । उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए । प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाको छोडेर रोइन् ।
प्रचण्डले सीतालाई सम्हाल्न निकै प्रयत्न गरे, तर उनी आफै पनि असहाय देखिन्थे । प्रचण्डको जोड नलागेपछि पछिल्लो लाइनमा बसिरहेकी छोरी रेणु (जो भरतपुर महानगरकी मेयर पनि हुन्) अघि बढिन् । आमालाई सम्झाउन उनलाई पनि गाह्रो परिरहेको थियो ।
मञ्चको तल्लो भागमा प्रकाशको ठूलो तस्बिर राखिएको थियो । तस्बिरमा सबै अतिथि र परिवारका सदस्यले श्रद्धाञ्जली अर्पण गरेका थिए । तर, परिवारका सदस्यले तस्बिर भने हेर्न सकेनन् ।
पुत्र वियोगमा रहेकी सीता र पति वियोगमा रहेकी विना पूरै समय कार्यक्रमस्थलमा बस्न सकेनन् । बीचमै उनीहरू मञ्चबाट बाहिरिए । प्रचण्डले पनि कार्यक्रमलाई सम्बोधन गरेनन् । उनले रौतहटको चन्द्रपुरमा भएको बम विस्फोटमा परी घाइते भएकालाई भरतपुर अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए । news24nepal.tv
Post a Comment