Latest Updates :

मिस वर्ल्ड २०१७ को उपाधि इण्डियाकी मानुसी चिल्लरलाई

SHARE THIS POST :
काठमाडौँ, २ मंसिर, मिस वर्ल्ड २०१७ को उपाधि इण्डियाकी मानुसी चिल्लरले जित्न सफल भएकी छिन् । चीनको सान्या सिटी सान्यामा भएको फाइनलमा उत्कृष्ट ४० प्रतिस्पर्धीलाई पछि पार्दै मानुसीले उपाधि चुमेकी हुन् । मानुसीलाई सन् २०१६ की मिस वर्ल्ड विजेता स्टेफेन डेल भालेले क्राउन हस्तान्तरण गरिन् ।


मिस वर्ल्ड २०१७ को फस्र्ट रनरअप मेक्सिकोकी एन्ड्रिया मेजा बनेकी छिन् । यसैगरी इङ्गलेन्डकी स्टेफिन हिल सेकेण्ड रनरअप बन्न सफल भएकी छिन् । यता टप फाइभमा भने फ्रान्स र केन्या परेका छन् ।


नेपालकी निकिता चन्दक टप ४० मा भने पर्न सफल भएकी छिन् । उनी टप मोडल प्रतिस्पर्धाको टप ३० मा परिन् भने मल्टिमिडियाको टप ९ मा पर्न सफल भएकी छिन् । यसैगरी पिपल्स च्वाइस अवार्डमा मंगोलिया विजेता बन्दा उनी टप १० मा पर्न सफल भएकी छिन् । चन्दक व्यूटि विथ अ पर्पोजको टप २० मा पनि पर्न सफल भएकी थिइन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger