Latest Updates :

पीडा लुकाउन खोज्दा खोज्दै पनि सकेनन् प्रचण्डले (हेर्नुस् भिडियो)

SHARE THIS POST :
झापा, ३ मंसिर । एक्ला छोरा प्रकाश दाहालको निधनपछि अकस्मात काठमाडौँ आउँदै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पीडा लुकाउन खोज्दै थिए, तर उनको अनुहारमा पीडा प्रष्ट छचल्किन्थ्यो ।

यो पनि पढ्नुहोस् -  जापानी हरु का अचम्म का अविस्कार जसलाई देखेर हासो रोक्न सक्नु हुन्न
प्रकाशको निधनको खबर पाएपछि तत्कालै प्रचण्डलाई हेलिकप्टरको व्यवस्था गरिएको थियो । बिर्तामोडस्थित बीएडसी अस्पतालको छतमा रहेको हेलिप्याडमा आइतबार बिहान हेलिकप्टर चढन् जानै लाग्दा उनको साथमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि थिए । उनीहरु दुबैको अनुहार ओइलिएको फुल जस्तै थियो ।

प्रचण्ड केही बोल्न खोजेजस्तो देखिन्थे, तर बोल्न सक्दैन थिए । ओलीले छतमै पुगेर प्रचण्डलाई हेलिकप्टर चढाए । र, सम्हाल्न अनुरोध पनि गरे । प्रकाश दाहाल को निधनपछि झापा पनि शोकमा डुबेको छ। एमाले अध्यक्ष ओली निकै निराश देखिएका छन् ।
भिडियो हेर्नुहोस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger