तुलसिपुर । नयाँ शक्ति दाङका संयोजक भट्टराईसहित नयाँ शक्तिका दर्जनौ नेता, कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। नेपाली काँग्रेस दाङले मंगलबार तुलसिपुरमा गरेको विशाल चुनावी आमसभामा जिल्ला संयोजक नारायण भट्टराइको नेतृत्वमा दर्जनौँ पार्टीका नेता, कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन्।
आम सभालाई सम्बोधन गर्न दाङ पुगेका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले, महापन्त्री डा. शंसाक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टीका नेता बालकृष्ण खाँडलगायतका नेताहरुले अमिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्दै नयाँ शक्तिका संयोजक भट्टराइले नयाँ शक्ति विचार भन्दा पनि व्यक्तिवादितर्फ केन्द्रित हुन थालेपछि आफु काग्रेसमा प्रवेश गरेको बताए। उनले काँग्रेसको विचार, सिद्धान्त मन पराएर नयाँ शक्ति छोडेर काँग्रेसमा प्रवेश गरेको बताए।

Post a Comment