मैले बोकेको राईफल नेपाली सेनामा भर्ती छ । रोल्पा, रुकुम कालिकोटका बङ्करमा, सहिदका चिहानमा नजर पुर्याउनु होला म मरेको छैन बा ।
केही बर्ष अघि दिदिले छोडीन आज मैले भौतिक रुपमा भौतिक भेट माथी पुर्ण बिराम लागेपनी बा तिमी रोल्पा, रुकुम अनि कालिकोटका कन्दरामा आउनु हजारौ शहिदका चिहान पुरिन लागेका युद्धका घाउ पाती उम्रेका ति बङ्कर कृपया हेरिदिनु एकफेर म त्यहि हुनेछु ।
म मरेको छैन बा । हाम्रा सपनाहरु जिउदैछ्न जनताको उत्थान बाकी छ। बाकी हुनु भनेको, म ज्युउदै हुनु हो म मरेको छैन बा । माओका ४ , मण्डेलाको ३ श्रीमती थिए, मैले बिराए बहुबिवाह बाहेक अर्को जानेर गल्ती गरेको थिन सार्वजनिक रुपमा मैले माफी मागेको र पार्टीको तर्फबाट कार्वाही चुक्ता गरेकोछु ।
इमान्दार हुन सिकाउनु भो त्यसैले हामी जनताको विचमा बस्यौ सहायक कमान्डरका सन्तान बिदेशी महङ्गा सहरमा छन । म र मजस्तै हजारौ प्रकाश यतै छौ बिचल्लीत नहुनु हाम्रो साथ छ । युद्धको मक्सत पूरा गर्न म मरेको छैन बा ।
भिडियो हेर्नुहोस:
Post a Comment