खासमा, फिल्म ‘आशिकी’बाट चर्चित भएका एक्टर राहुल रोयले बीजेपी ज्वाइन गरेका छन् । रोय केन्द्रिय मन्त्री विजय गोयलको आग्रहमा बीजेपी प्रवेश गरेका हुन् । रोयले भने, ‘यो दिन मेरो लागि निकै महत्वपूर्ण छ र यसका लागि पार्टीलाई धन्यवाद दिन चाहन्छु ।’
४९ वर्षका रोयले २२ वर्षमा १९९० को सुपरहिट फिल्म ‘आशिकी’ बाट बलिउडमा डेब्यु गरेका थिए । उनले ‘जुनून’ र ‘फिर तेरी कहानी याद आई’ जस्ता फिल्ममा काम गरेका छन् ।
उनी लोकप्रिय टिभी कार्यक्रम ‘बिग बोस’ को पहिलो सिजनका विजेता समेत हुन् । राहुल रोयले अगाडि भने, ‘म भारतको विकासका लागि योगदान दिन तयार छु र पार्टीले दिएको कुनैपनि कामको जिम्मेवारी लिन तयार छु ।’
Post a Comment