Latest Updates :

‘द म्यान फ्रम काठमाडौँ’मा गुलशन भिलेन, आना हिरोइन

SHARE THIS POST :

बलिउडका नायक गुलशन ग्रोवर अहिले नेपालमा ‘द म्यान फ्रम काठमाडौँ’ फिल्मको छायांकनमा व्यस्त छन् । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सका प्रमुख नकिम उद्दिनको ३ करोड लगानीमा निर्माणाधिन फिल्ममा गुलशनले खलनायकको भूमिका निर्वाहा गरेका छन् ।

फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्माता उद्दिनले भने, ‘९० प्रतिशत नेपाल र १० प्रतिशत छायांकन हामी अमेरिकामा गर्नेछौ । प्रेमसँगै फिल्मलाई हामीले एक्सन प्रधान बनाउन लागेका छौ ।’ उनले कति पारिश्रमिकमा गुलशनलाई फिल्ममा अनुवन्धित गरिएका हुन् त्यो भने खुलाउन चाहेनन् । अंग्रेजी भाषामा निर्माण हुने यो फिल्मका निर्देशक अमेरिकी नागरिक पेम्बा ढुण्डुप हुन् ।

मुख्य भूमिकामा अमेरिकाका जोश म्यानुल छन् भने 'जेरी' फेम नेपाली नायिका आना शर्मा उनको अपोजिटमा देखिँदैछिन् । फिल्ममा नीर शाह, कर्म, शिशिर बागदेल,  स्वरुप पूरुष ढकाल, आमिर गौतम, प्रभात रिमाल लगायतका नेपाली कलाकारहरुको पनि अभिनय रहेको निर्माता उद्दिनले जानकारी दिए ।

कार्लोस मेडिनाको छायांकन रहने ‘द म्यान फ्रम काठमाडौँ’मा पेमा स्वयम्को पटकथा, एरिक कारखेकको सम्पादन र जोसे म्यानुएलको द्वन्द्व रहनेछ । निर्देशक ढुण्डुपको साथी भएका कारण गुलशन यो फिल्म खेल्न राजी भएका हुन् । केहीदिन अगाडि उनी फिल्मका लागि ठेट नेपाली पहिरनमा सजिएको तश्वीर बाहिर आएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger