Latest Updates :

यतिसम्म गर्दैछ भारतले चीनबाट नेपालमा रेल आउन नदिन , सबैलाई जानकारी गराउ

SHARE THIS POST :
प्रसंग सुरु गरौं, काँग्रेस र माओवादीबीचको गठबन्धनको । टाउकोको मूल्य तोक्ने र तोकिनेबीच गहिरो सहकार्य हुनु केवल भारतको चाहना हो । गठबन्धन बन्ने बाताबरण मिलाइ दिने पनि भारत नै हो, यसमा कुनै भ्रम नरहोस् । यदि भारतले नचाएको भए बिपरित सिद्दान्त अनि बिपरित मूल्य र मान्यता बोकेका दुई पार्टीहरु कदापि मिल्न सक्ने थिएनन् । भारतले केवल आफ्नो चाहाना अनुरुप प्रयोग गर्न गठबन्धन बनाउन सहयोग गरेको हुनाले यो गठबन्धन देशको हित बिपरित त हुने नै भयो ।

भारतको मुख्य उद्देश्य भनेको केरुङ्ग-काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्म पुग्ने चिनियाँ रेल रोकेर नेपाललाई आफ्नो अधिनमा पारिरहनु नै हो । सम्पूर्ण भारतीय मिडियाले यो रेल योजनाको तीब्र बिरोध गर्दै आएको सर्बबिदित नै छ । भारतको मुख्य उद्देश्य भनेको केरुङ्ग-काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्म पुग्ने चिनियाँ रेल रोकेर नेपाललाई आफ्नो अधिनमा पारिरहनु नै हो । सम्पूर्ण भारतीय मिडियाले यो रेल योजनाको तीब्र बिरोध गर्दै आएको सर्बबिदित नै छ ।

यदि माओवादीले केपी ओलीको नेतृत्वमा एमालेसँग नै सरकारमा बसिरहेको भए अहिलेको स्थानिय चुनाबमा दोश्रो ठूलो दल हुने थियो भने नेपाली काँग्रेस तेश्रोमा पुग्ने थियो । संसदीय निर्बाचनमा पनि त्यही स्थिति कायम रहने थियो । माओवादीलाइ कांग्रेससँग मिल्दा एमाले हराउन सकिन्छ भन्ने लागेको थियो होला तर झन् घाटा भइदियो ।

अर्कोकुरा भारतीय मिडियाले शेरबहादुर सरकारको खुब तारिफ गर्ने गर्दछन् । देउवाको दिल्ली भ्रमणमा पनि यो कुरा स्पस्ट देख्न्न सकिन्छ । यसबाट पनि यो गठबन्धन किन र कसरी बनाइयो प्रस्ट हुन्छ ।

भारतको मुख्य उद्देश्य भनेको केरुङ्ग-काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्म पुग्ने चिनियाँ रेल रोकेर नेपाललाई आफ्नो अधिनमा पारिरहनु नै हो । सम्पूर्ण भारतीय मिडियाले यो रेल योजनाको तीब्र बिरोध गर्दै आएको सर्बबिदित नै छ । यदि भारतीय मिडियाको जस्तै भारतीय सरकारको चाहना थिएन भने भारत सरकारले आफ्ना मिडियालाई लगाम लगाउन सक्थ्यो वा दुई देशबीच सम्बन्ध बिगार्ने यस्ता अभिव्यक्ति नदिन चेतावनी दिन सक्थ्यो ।

केही भारतीय मिडियाले त चीनले सगरमाथा मुनिबाट काठमाडौं जोड्ने रेल बनाउँदै छ, यसले सगरमाथालाई गम्भीर असर पर्छ भनेर भडकाउन खोज्दैछन् । यदि सगरमाथाको मुनिबाट रेल गुडाउँदा सगरमाथामा असर पर्ने भए मेलम्चीको पानि सुरुङ्गबाट काठमाडौँमा पानी ल्याउँदा सिन्धुपाल्चोकका पहाड लड्दैन होला र ?

केही भारतीय मिडियाले त चीनले सगरमाथा मुनिबाट काठमाडौं जोड्ने रेल बनाउँदै छ, यसले सगरमाथालाई गम्भीर असर पर्छ भनेर भडकाउन खोज्दैछन् । यदि सगरमाथाको मुनिबाट रेल गुडाउँदा सगरमाथामा असर पर्ने भए मेलम्चीको पानि सुरुङ्गबाट काठमाडौँमा पानी ल्याउँदा सिन्धुपाल्चोकका पहाड लड्दैन होला र ? घर बनाउँदा झ्याल राख्यो भने घर कमजोर हुन्छ भन्नु र सगरमाथाको मुनि रेल गुडाउँदा सगरमाथालाई असर पर्छ भन्नु उस्तै उस्तै हो । घरको गारोमा तार छिराउन सानो प्वाल राख्दा घर कमजोर हुन्छ भने जस्तै हो । यदि सुन्दर देखिन गहना लगाउने हो भने कानको लोतीमा दुलो पार्नै पर्छ, अनि फुली लगाएर सुन्दर देखिने हो भने नाकमा दुलो छेडनै पर्छ । कान र नाकमा दुलो पार्दा मान्छेको स्वास्थ्यमा कुनै असर पर्ला र ? अनि मान्छेको अस्तित्वमा कुनै असर पर्ला र ? त्यसकारण सगरमाथाको मुनिबाट रेल गुडाउँदा सगरमाथालाई शून्य प्रतिशत पनि असर पर्दैन् । मात्र बलियो ढलान गरिदिए पुग्छ ।

नेपाल जस्तै हिमाली मुलुक स्वीजरल्याण्डले हिमाल खोपेर संसारको सबै भन्दा लामो मेट्रो रेल बनाउँदैछ । के उसको हिमालहरुलाई कुनै असर गर्दैन होला र ? यदि असर गर्ने भए अर्बौं खर्च गरेर किन मेट्रो रेल बनाउँथ्यो होला ? त्यसैले यो सबै भारतको रेल योजना भाँड्ने चाल मात्र हो । दुबई एरपोर्टको मुख्य रनवे मुनि तीन लेनको आउने जाने लामो अन्डरग्राउण्ड बाटो छ, (जसलाई एयरपोर्ट टनेल) भनेर चिनिन्छ । प्लेन ल्याण्ड गर्दा दुर्घटना हुन सक्छ र अर्बौको नोक्सान हुन् सक्छ यो बनाउन हुँदैन भनेर दुबईलाई भन्ने कोही नभएकाले आज दुबैमा यस्ता ठूला योजना सजिलै बनेका छन् । त्यसैले भारतको मेख मार्नलाइ भए पनि सगरमाथाको ठीक मुनिबाट रेलको लाइन बनाएर देखाउनु पर्छ, तब मात्र रेल योजना भाँड्नेहरुको मुख बन्द हुन्छ, अनि बल्ल मज्जा आउँछ । तर त्यसको लागि नेपालसंग दृद संकल्प र इच्छा शक्ति भने चाहिन्छ ।

कस्ता दुष्ट छिमेकी होलान, हामीले आफ्नै तरिकाले विकास गर्न खोज्दा भाँजो हाल्ने, भड्काउने, बिगार्न खोज्ने अनि अहित चिताउने । यसरी आन्तरिक मामिलामा हस्तक्षेप गर्दा जनस्तरबाट नेपाल भारत समन्ध सुमधुर होला र ? त्यसैले भारतले जे जे भन्यो त्यही त्यही पत्यायो भने देश कहिले पनि बन्दैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger