इजिप्टको शार्म अल शेखमा रहेको सिनाई ग्राण्ड क्यासिनोमा एक हप्ता बिताउँदा उनले अनलिमिटेड स्टेक्स पोकर टेवलमा ६ घण्टा बिताएर जुवा खेलेका थिए । त्यसक्रममा उनले आफुसँग भएको ३६ करोड डलर सके र ऋण पनि लाग्यो । त्यसपछि जुवामा लागेको ऋण तिर्नका लागि उनले आफ्ना ५ वटा श्रीमतीलाई अढाई करोड डलरमा दाउ लगाए ।
उनले श्रीमतीहरु दाउमा हारे र त्यहीँ छाडेर हिँडेको बताइएको छ । राजकुमारले जुवामा हारेर क्यासिनोमा छाडिएका रजघरानाका बुहारीहरुको अवस्था के हुने भन्ने प्रष्ट नभएपनि साउदी राजपरिवारले उनीहरुलाई छिटै नै जुवाघरसँगबाट खरीद गरेर साउदी फर्काउने अनुमान गरिएको छ । यदि त्यसो भएन भने उनीहरु केही महिनामै यमन र कतारमा लिलामीमा बेचिनेछन् ।
साउदी राजकुमार अल साउद यस्ता विवादमा आएको यो पहिलोपटक होइन । गत वर्ष उनले अमेरिकामा एक पुरुष सहयोगीमाथि यौनहिंसा गरेको र घरेलु महिला कामदारमाथि पनि बलात्कार गरेको आरोप लागेको थियो ।
यो पटक जुवामा ठूलो रकम सँगै पत्नीहरु समेत हारेपछि यी राजकुमारको शेखी झर्नुका साथ टाट पल्टिने अवस्था आएको र अब परम्परागत जिवनशैली तर्फ फर्किने सम्भावना रहेको बताइएको छ । एजेन्सी-dailyreport
Post a Comment