Latest Updates :

अब देशैभर बीसबर्से थोत्रा गाडी प्रयोगमा प्रतिबन्ध

SHARE THIS POST :
काठमाडौं, १० मंसिर, सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्से पुराना सार्वजनिक (कालो प्लेट) का सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।

त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ। बीसबर्से पुराना सवारी कति प्रयोगमा छन् भनेर अहिले देशभरबाट लगत संकलनको काम भइरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।

विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो।

उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोग प्रतिबन्ध नियम कार्यान्वयनमा विभाग सफल भएको उनको दाबी छ। काठमाडौं उपत्यकाभित्र बीसबर्से सार्वजनिक सवारी प्रगोगमा छैन। विभागले उपत्यकामा बीसबर्से सार्वजनिक सावरी प्रयोगमा प्रतिबन्ध लगाएको एक सातामा सबै सवारी हटेको उनको भनाइ छ।

बीसबर्से सार्वजनिक सवारी प्रतिबन्धकै निर्णयले उपत्यकामा अहिले आधुनिक र सुविधासम्पन्न ठूला सार्वजनिक सवारी प्रयोगका आएको पाण्डेले बताए।

अहिले चक्रपथमा लामो समयदेखि सवारी चलाउँदै आएका व्यवसायीले पनि आफ्ना सवारी २० वर्ष पुग्नासाथ स्क्र्याप ९कबाडीमा बिक्री० गरेर ठूला सवारी ल्याइरहेका छन्।

बीसबर्से सार्वजनिक सवारी प्रतिबन्धकै कारण उपत्यकामा सार्वजनिक सवारीको प्रयोगका रूप फेरिएको उनको दाबी छ। अहिले उपत्यकाका निजीक्षेत्रका व्यवसायीले पनि पुराना बीसबर्से सार्वजनिक सवारी ‘स्क्र्यापु गर्दै महानगर बस सेवा, भक्तपुर नगर बस, मेट्रो सिटी बसलगायत एक दर्जनभन्दा बढी नाममा आधुनिक र सुविधासम्पन्न सार्वजनिक बस प्रयोगमा ल्याउन बाध्य भएको विभागको भनाइ छ।

विभागले बढ्दो प्रदूषण, सवारी दुर्घटना न्यूनीकरण एवं सवारी मालिकको लागत कम गर्न पनि बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

तर उपत्यकामा बीसबर्से पुराना सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएसँगै कतिपय व्यवसायीले उपत्यकाबाहिरको ग्रामीण सडकमा पुराना सवारी गुडाइरहेका छन्।

उपत्यकाबाहिर लगेर प्रयोगमा ल्याइएको बीसबर्से सार्वजनिक सवारी तथा उपत्यकाबाहिरका सडकमा प्रयोग भएका बीसबर्से सवारी फागुन ३० गतेपछि चल्न नपाउने उनले जानकारी दिए।

सरकारी निर्णयको उल्लंघन गर्दै बीसबर्से पुराना काला प्लेटका सवारी प्रयोग गरेको फेला परेमा विभागले नियन्त्रमा लिएर ‘स्क्र्यापु गर्न लगाउने पाण्डेले जानकारी दिए।

सवारी प्रतिबन्ध सफल बनाउन विभागले ट्राफिक प्रहरी, प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा व्यवसायी सबैको सहयोग लिने उनले बताए। विभागका अनुसार आर्थिक वर्ष २०७३–७४ सम्म कुल २७ लाख ८३ हजार चार सय २८ सवारी दर्ता छन्। त्यसमा पनि सर्वाजनिक सवारीका रूपमा दर्ता भएका सवारीको संख्या डेढ लाख रहेको विभागको अनुमान छ।

विभागले लागू गरेको बीसबर्से पुराना सार्वजनिक सवारी प्रतिबन्धबाट आर्थिक वर्ष २०५३÷५४ भन्दा पहिले नै सार्वजनिक सवारीका रूपमा दर्ता सबै ‘स्क्र्यापु हुने जानकारी दिएको छ। बढ्दो वातावरण प्रदूषण नियन्त्रणकै लागि विभागले पहिलो चरणमा एक वर्षअघि उपत्यकाबाट सुरु गरेको बीसबर्से सार्वजनिक सवारी प्रतिबन्ध अब देशभर नै लागू गर्न लागेको हो।


विभागले बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवं सवारी मालिकको लागत कम गर्न पनि बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध गर्ने निर्णय गरेको पाण्डेको भनाई छ।

त्यसका अलाव विभागले सफा, सुन्दर गाउँ सहर योजना सफल पार्न बीसबर्से सार्वजनिक सवारी प्रयोग प्रतिबन्धका कडाईका साथ लागेको जनाएको छ।

लाइसेन्स लिन आठ महिना
सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाउन सेवाग्राहीले आठ महिनासम्म कुर्नुपरेको छ। सरकारले २०७२ मंसिरदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरे पनि समयमै कार्ड छपाइ गर्न नसक्दा वितरणमा समस्या आएको हो। विभागले लाइसेन्स वितरणको कामलाई पनि निर्वाचनको कारण देखाउँदै अनिश्चितकालका लागि बन्द गरेको छ।

सरकारले यातायात कार्यालयका कर्मचारी निर्वाचनका लागि देशका विभिन्न ठाउँमा जानुपरेको कारण देखाउँदै लाइसेन्स आवेदन फारम भर्ने, परीक्षा दिने काम पनि अनिश्चितकालका लागि बन्द गरिएको सूचना टाँसेको छ।

नयाँ लाइसेन्स लिन र वर्ग थप अनिश्चितकालका लागि रोकिए पनि नवीकरण भने खुला गरेको विभागको भनाइ छ।

लाइसेन्सको प्रयोगात्मक परीक्षामा आवश्यक ट्राफिक प्रहरीसमेत निर्वाचनमा खटिएकै कारण नयाँ तथा वर्ग थप कार्य बन्द गर्नुपरेको वाग्मती यातायात कार्यालय एकान्तकुनाले जानकारी दिएको छ। (अन्नपूर्ण पोष्ट दैनिकबाट)

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger