यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नरसंहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्रारी घाइते भएका बताइएको छ ।
अमेरिकाको सदरल्याण्ड स्प्रिङ्ग नामको एउटा सानो नगरमा उक्त हत्याकाण्ड भएको थियो । आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको छ ।
आफ्नै सवारी साधनमा उ मृत अवस्थामा भेटिएको छ । यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीको गोली लागेर नभई उ आफै कसरी मारिन पुग्यो भनेर प्रहरीले खोजी थालेको बताइएको छ ।
सदरल्याण्ड स्प्रिङ्गमा रहेको फ्रस्ट बाप्टिस्ट चर्चमा आइतबारको बिहानी प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेर कम्तीमा पनि २० राउण्ड गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
एकजना प्रत्यक्षदर्शीका अनुसार करिब २०÷२२ वर्षको जस्तो देखिने एकजना व्यक्तिले लगातार २० राउण्ड गोली चलाएको थियो । उसले बुलेट प्रुफ भेष्ट लगाएको पनि प्रहरीले जनाएको छ । सो व्यक्ति तीव्र गतिमा कार चलाएर भागेको थियो ।
उक्त गोलीकाण्डमा परी ज्यान गुमाउनेमा पाँच वर्षका बालकदेखि ७२ वर्षका व्यक्तिसम्म परेका बताइएको छ ।
अहिलेसम्म सो व्यक्तिको पहिचान खुलेको छैन । प्रहरीले उक्त शङ्कास्पद हमलाकारीको परिचय खोजिरहेको बताएको छ ।
प्रहरीले नै उसलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले पछ्याइरहेको व्यक्ति आफ्नै कारमा पुगेको र पछि सोही कारमा नै मृत अवस्थामा भेटिएको छ ।
प्रहरीले घाइतेलाई हेलिकोप्टरबाट उद्वार गरी लगेको छ । आक्रमणको कारण थाहा हुन सकेको छैन । यसको अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।
लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा गत महिना ५९ जनाको ज्यान लिइएको नरसंहारको पाँच हप्तापछि यो दुर्घटना भएको छ । चर्चमा गरिएको यस हमलाको पनि व्यापक मात्रामा विरोध भएको छ ।
संयुक्त राज्य अमेरिका र संसारकै नेताहरुले यसको निन्दा एवम् भत्र्सना गरेका छन् । यसरी महिनैपिच्छे अमेरिकामा हुन थालेको गोलीकाण्डपछि नागरिकमा चिन्ता र त्रास उत्पन्न भएको बताइएको छ ।
Post a Comment