Latest Updates :

गौचनको गोली हानि हत्या भएको २ हप्तापछि मात्र खुल्यो यस्तो रहस्य

SHARE THIS POST :
काठमाडौँ, असोज २ – नयाँबानेश्वरमा दुई साताअघि गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले एक वर्षअघि नै ‘थ्रेट’ महसुस गरी सम्बन्धित निकायसँग सुरक्षा मागेको खुलेको छ।नेपाल उद्योग वाणिज्य महासंघमा बुधबार आयोजित ‘पालमा निजी क्षेत्र र निर्माण व्यवसायीले भोग्नुपरेको जबर्जस्ती चन्दा, हिंसा र सुरक्षा चुनौतीहरू’ विषयक अन्तरक्रियामा व्यवसायीहरूले यो खुलासा गरेका हुन्। नागरिक दैनिकमा खबर छ। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सुकन्तलाल हिराचनले थ्रेट महसुस गरी गौचनले एक वर्षअघि नै प्रहरीसमक्ष लिखित निवेदन दिई सुरक्षा माग गरेको बताए।

सरकारले आधारभूत सुरक्षा दिन नसकेका कारण व्यवसायी गौचनको हत्या भएको उनले बताए। ‘एक वर्षअघि नै लिखित रूपमा नेपाल प्रहरीसमक्ष सुरक्षा माग गरे पनि सम्बन्धित निकायले बेवास्ता गर्दा यो दुर्घटना भएको पाइयो’, हिराचनले भने। गौचनले एक वर्षअघि दिएको लिखित निवेदनबारे तीन दिनअघि मात्र जानकारी पाएको उनले बताए।

‘निवेदनमा के लेखिएको थियो भन्ने हामीलाई पनि जानकारी छैन’, हिराचनले भने, ‘तर उनले भौतिक सुरक्षामा नै थ्रेट आएकाले सुरक्षा माग गरेको बुझेका छौं। गौचनको हत्या सुनुयोजित र सिलसिलेवार तरिकाले भएको दाबी गर्दै व्यवसायीहरूले यसमा पेशेवर हत्यारा प्रयोग भएको बताए। जबर्जस्ती चन्दा र धम्कीको सामना गर्नेक्रममा गौचनको हत्या भएको उनीहरूको भनाइ छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger