Latest Updates :

भारतीय सीमा सुरक्षा बलद्वारा खेभारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाए पछि भयो यस्तो तनाव

SHARE THIS POST :
कञ्चनपुर, ३ कात्तिक,भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ ।

नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६÷१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् ।

धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोेत्न छाडेको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । समयसमयमा भारतीय पक्षले उनले खेती लगाउने समयमा रोक लगाउँदै आएकोमा उनी चिन्तित भएका छन्् । धान रोप्दा पनि भारतीय सुरक्षाकर्मीले उनलाई धान रोप्न रोकेपछि केही समय स्थानीय र सुरक्षाकर्मीबीच विवाद सिर्जना भएको थियो ।

धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए । विसं २०२३ देखि उक्त जग्गा गुरुङले भोगचलन गर्दै आएका हुन् । खेती लगाउने समयमा भारतीय पक्षबाट खेतमै आएर खेती नगर्न भन्न थालेपछि उनी चिन्तामा परेका छन् ।
–––
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger