नयाँ जोगीले खरानी धेरै घस्छ भनेझैँ गरी हरेक अन्तरबार्तामा अश्लिलता झल्कने प्रश्न सोधेर हिट भएकी कथित पत्रकार द्वयले चर्चित गायिकालाई नै यसरी सार्वजनिक रुपमा ‘भालु’ भनेपछि समग्र पत्रकारिताकै धज्जी उडाएको महशुस भएको छ।
मेरो साथी आनलाइन नामक एक युटुब च्यानललाई अन्तरबार्ता दिने क्रममा पत्रकार सोनिकाले उक्त कुरा ओकलेकी हुन्। पेशागत मर्यादालाई ध्यानमा नराखी एउटा पत्रकारले पालना गर्नुपर्ने पत्रकार आचार संहिता र सामाजिक मर्यादालाई ख्याल नगरी सार्वजनिक ठाउँमा देशकै नाम चलेकी चर्चित गायिकाको बारेमा यस्तो अभिव्यक्ति दिनु कतिसम्मकोजायज कुरा हो त्यो भने सोनिकाले विचार गर्नुपर्ने देखिएको छ।
हेर्नुस सोनिकाले ज्योती मगरलाई ‘भालु’ भनेको भिडियो:
Post a Comment