Latest Updates :

भुत लागेको मामाले खुकुरी प्रहार गरी ११ बर्षी भान्जीको हत्या

SHARE THIS POST :
विराटनगर, २०७४ कात्तिक ०९ बिहीवार । आफ्नै मामाले खुकुरी प्रहार गरेर बालिका भान्जीको हत्या गरेका छन्। मोरङको केरावारी गाउँपालिका ६ मा ३४ वर्षीय भक्तशेर लिम्बूले खुकुरी प्रहार गरी ११ बर्षीय सञ्चिता लिम्बूको हत्या गरेको हो ।
फाइल फोटो

मामाको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सञ्चिता उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए।

मंगलबार रातिदेखिनै घर भित्रै भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले बुधबार दिउँसो तीन बजे टाउकोमा खुकुरी हानेको प्रनि कटुवालले बताए। ’ उनले भने, ‘स्थानीय बासिन्दा र प्रहरी भेला भएर बन्धक बनाइएकी बालिकाको उद्धार गर्न खोज्दै गर्दा लिम्बूले एक्कासी खुकुरी प्रहार गरेको देखिन्छ।’
पाँचथरको लिम्बा ७ घर भएका भक्तशेर तिहारमा केरावारी ६ स्थित दिदीको घरमा पाहुना आएका थिए। आफ्नै दिदीको घर भित्र भान्जीमाथि खुकुरी प्रहार गरेको हो ।

अघिल्लो रातिदेखि नै घर भित्र बन्धक बनाएर राखेकोे थाहा पाएपनि भक्तशेरका दिदी भिनाजुले भने उनलाई भूत लागेको र भूतले छाडेपछि भान्जीलाई छाडिदिन्छ भनेर बुधबार बिहानसम्म पर्खिएको प्रहरीले जनाएको छ। तर बिहान सम्म पनि नछाडेपछि दिदी भिनाजुले स्थानीय बासिन्दा र प्रहरीलाई खवर गरेका थिए।

घर वरपर होहल्ला सुनेपछि खुकुरी प्रहार गरेर भान्जीलाई घाइते बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले छुटाउनका लागि कोही आएमा छुटाउन खोज्नेलाई मारिदिने धम्कीसम्म दिएका थिए।

हत्यामा संलग्नलाई प्रहरीले बुधबार राति नै नियन्त्रणमा लिएको छ। भक्तशेरले भान्जीलाई बन्धक बनाएर हत्या गर्नुको कारण थाहा नभएको प्रहरीले जनाएको छ। बालिकाका बुवा आमाले यस अघि पनि पाहुना आउँदा भक्तशेरले यस्तै खाले अनौठो व्यवहार देखाउने गरेको जानकारी प्रहरीलाई दिएका छन्। परिवारका सदस्यले भूत लागेको भनेर उनको व्यवहार प्रति चासो नदिँदा भक्तशेरले ज्याननै जाने घटना घटाएको कटुवालको भनाइ छ।

‘भान्जीलाई अघिल्लो दिनदेखि बन्धक बनाएर राखेको कुरा उसले स्वीकार गरेको छ,’ कटुवालले भने, ‘बन्धक बनाएर राखेको भन्दै गाउँले भेला भएको थाहा पाएपछि खुकुरी नै हानेको बयान प्रहरीलाई दिएको छ।’ उनका अनुसार भक्तशेरको मानसिक सन्तुलन ठिक नभएको हुन सक्छ। गाउँलेले आफूलाई मार्न खोजेका कारण भान्जीलाई खुकुरी हानेको भक्तशेरले प्रहरीलाई बताएका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger