Latest Updates :

मलेसियामा मृत्यु हुने नेपालीको डरलाग्दो तथ्यांक: त्यहाँ रहेका नेपालीहरु सतर्क हुन् आग्रह...

SHARE THIS POST :
क्वालालम्पुर–वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीको मृत्युदर बढ्दै गएको तथ्यांकले देखाएको छ । क्वालालम्पुरस्थित नेपाली दूताबासका अनुसार गएको तीन वर्षको अवधिमा १२१४ नेपालीको मृत्यु भएको छ ।

तथ्यांकअनुसार सन् २०१६ मात्रै ३९२ नेपालीको मृत्यु भएको छ । २०१६ मा ४९ नेपालीले आत्महत्या समेत गरेका छन् । सन् २०१७ को फेब्रअरीसम्म आइपुग्दासम्म कम्तीमा ५ नेपालीको मृत्यु भइसकेको छ । दूताबासको तथ्यांकअनुसार सन् २०१४ मा ३६१ जना तथा २०१५ मा पनि ४६१ जनाको मृत्यु भएको थियो ।

मृत्युको कारण
मलेसियाका लागि नेपाली राजदूत निरञ्जन बस्न्यातले धेरैजसो मध्यरातको समयमा हृदयघातका कारण नेपाली श्रमिकको मृत्यु भएको जानकारी आएको बताए । मानसिक तनाव, मद्यपान, अव्यवस्थति खानपान लगायत मलेसियामा नेपाली मृत्युको कारण भएको बताइन्छ ।
अन्तराष्ट्रिय प्रचलनअनुसार ८ घण्टा काम गर्ने नियम भएपनि मलेसियामा अधिकांश श्रमिकले कम्तीमा पनि १२ घण्टा काम गर्ने गरेका छन् । त्यसरी निरन्तर लामो समय काम गर्दा ‘बढी थकान’ भएर पनि श्रमिकहरुको मृत्यु हुने गरेको छ ।

जान्नुहोस्: बुटवलमा आजबाट दोश्रो राष्ट्रिय औद्योेगिक प्रदर्शनी सुरु हुँदै

राजदूत बस्न्यातका अनुसार मलाया युनिभर्सिटीको मेडिकल डिपार्टमेन्टले मलेसियामा किन नेपालीको मृत्यु संख्या बढेको हो भनि अध्ययन समेत गरिरहेको छ ।

कसरी सुरक्षित बन्ने ?
चिकित्सकले मलेसिया तुलनात्मक रुपमा गर्मी रहेको र पसिना धेरै आउने भएकाले कम्तिमा दैनिक तीन लिटर पानी अनिवार्य खानुपर्ने सुझाएका छन् । यस्तै मादक पदार्थ सेवन नगर्न र खाना पनि सन्तुलिन रुपमा खान सुझाएका छन् । मलेसियामा ‘सी फूड’ चल्तीमा रहेकाले सो खाना कम खान समेत चिकित्सकको सुझाव छ । तर, नेपाली श्रमिकले खानपिनको सन्तुलनमा कम ध्यान दिने गरेका छन् ।

सन्तुलित आधार, पर्याप्त आराम र मानसिक मानसिक तनाव नलिँदा यस्ता घटना स्वत न्यूनिकरण हुन सक्ने सरोकारवालाको भनाई छ ।

वैदेशिक रोजगार विभागको तथ्याङअनुसार नेपालबाट १० लाख ५६ हजार नेपाली मलेसिया प्रवेश गरेका छन् । तर, फर्किएर जाने नपालीको तथ्याङ्क भने कहिँ कतै नभएको राजदूतले बताए ।

सरकारसँग नै यकिन तथ्याङ्क नभएकाले हाल मलेसियामा ६ देखि ७ लाखको हाराहारीमा नेपाली रहेको हुनसक्ने उनले बताए ।

अझैं पनि कयौं अवैधानिक कामदार यहाँ रहेको हुनसक्ने उल्लेख गर्दै बस्न्यातले भने, ‘अझैं पनि नेपाली दूताबासमा दिनको १०० जनाको दरले फर्किनको लागि कागज बनाइदिन आग्रह गर्दै आउने गरेका छन् ।’

यसबाहेक दूतबासले पासपोर्ट नविकरण गर्नेलगायतको कामको लागि २ देखि ३ सयको हाराहारीमा नेपाली कामदार दूताबास आउने गरेको उनको भनाई छ ।

मलेसियाको पेनाङ, क्वालालम्पुर, मेलाकालगायतका राज्यहरुमा नेपालीहरु धेरै रहेका छन् । सेक्युरिटी गार्ड, होटल रेस्टुरेन्ट, फ्याक्टी वर्करलगायतमा काम गर्न नेपाली यहाँ आउने गरेका छन् ।

अधिकांशले न्युनतम तलबमा काम गर्न बाध्य छन् भने न्यून संख्याका नेपालीहरुले भने आकर्षक तलब पाउने गर्छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger