Latest Updates :

प्रेमीसँग भागेकी बहिनीलाई ल्याएर होटलमा राखे दाइले, राती होटलमा भयो यस्तो

SHARE THIS POST :
२० दिनअगाडि एक युवती आफ्ना प्रेमीसँग घर छोडेर भागिन् । उनलाई खोज्दै गएका दाजुले २० दिनपछि भेटेपछि उनलाई एउटा होटलमा ल्याएर राखे । ती युवतीले घर जान नमानेपछि दाजुले त्यस दिनलाई होटलमा राखेर उनी केही कामले बाहिर निस्किएका थिए ।

राती ८ बजेतिर दाजु होटलमा फर्किंदा कोठा भित्रबाट बन्द थियो । होटल स्टाफले डुप्लिकेट चाबीको मद्दतले ढोका खोल्दा भित्र बहिनी मृत अवस्थामा थिइन् । ती युवतीले होटलको कोठाको ढोका बन्द गरेर झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

भारतको युपी गाजीपुरमा यस्तो घटना भएको हो । ती युवती दिउँसो १२ बजे दाजुसँग होटलमा आएकी थिइन् । घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन । प्रहरीले शवलाई पोष्टमार्टमको लागि पठाएर थप अनुसन्धान गरिरहेको छ ।



साभार-http://www.postkathmandu.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger