नायिका झरना थापाकी फ्यान सरिताको कथा बेग्लै छ । शुक्रबार चलचित्र ‘ए मेरो हजुर २’को हल रिपोर्ट वुझ्न काठमाण्डौको गोपिकृष्ण हलमा नायिका थापा पुग्दा सरिता भेट भइन् । सरिताले एक्कासी झरनालाइ अंकमाल गरिन् र रुन थालिन् ।
शनिबार उनै सरितालाइ झरनाले मोबाइल गिफ्ट गरिन् । सरिताले आफ्नो नाम परिवर्तन गरेर ‘झरना’ राखेकी छिन् । आठ बर्षको उमेरबाट झरनाका चलचित्र हेर्न थालेकी सरिताले ५३ वटा चलचित्र हेरेको बताइन् । उनीसँग मोबाइल छैन, इन्टरनेट पनि छैन । तर, उनले झरनाका चलचित्र साथीहरुसँग भनेर डाउनलोड गरेर हेरेकी छिन् ।
साभार- http://www.npnews.net/
Post a Comment