Latest Updates :

प्रेम सम्बन्धले उग्ररुप लिँदा दुई परिवारबीच झडप, भालासहित आक्रमणबाट ११ जना घाइते, दुइको अबस्था गम्भीर

SHARE THIS POST :
बुटवल – बुटवलमा प्रेम सम्बन्धबारे चुक्ली लगाएको भन्दै दुई छिमेकी परिवारबीच झडप हुँदा रुपन्देहीमा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनको अबस्था गम्भीर रहेको बताइएको छ ।घटनामा संलग्न रहेको आरोपमा मनौवर अलि शेख र उनका छोरालाई पक्राउ गरिएको बताइएको छ ।
विशुनपुराका मनौवर अलि शेख र छोटु यादव परिवारबीच भनाभन सुरु भएको र छोटु यादवकी पत्नीले मनौरका छोरा उमरको प्रेम प्रसंगबारे गाउँमा किन बताएको भनेपछि झगडा सुरु भएको बताइएको छ ।
झगडा बढ्दै जाँदा शेष परिवारले भालासहित आक्रमण गरेको र यसपछि छिमेकी छुट्याउन पुगेका थिए । छुट्याउन गएका छिमेकी समेत घाइते भएको बताइन्छ । झडपमा शेष परिवारका ३ र यादव परिवारतर्फबाट ८ जना घाइते भएको बताइएको छ ।
तस्बिर : कान्तिपुर




साभार- http://nepaliexpress.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger