Latest Updates :

ब्रिटिस आर्मी भर्तीमा पनि यसरी हुदो रहेछ पैसाको चलखेल्, पैसा दिए पास नदिए फेल (फोटो सहित)

SHARE THIS POST :
इन्द्रा थापाका छोरा बेलायती सैनिकमा भर्ती हुने परीक्षामा सहभागी भएर नतिजाका पर्खाइमा थिए । नतिजा आउने भनिएको दिनअघि नै उनले असफलताको सूचना पाए ।

‘भदौ २४ गते रिजल्ट आउँछ भनेका थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं’, इन्द्राले भनिन् । पैसाको चलखेलकै कारण आफ्नो छोरा भर्ती हुन नपाएको उनले गुनासो गरिन् । ‘भर्ती गराइ दिए बापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ, अन्नपूर्णपाेष्टमा खबर छ ।


बेलायती सैनिक भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाले दलालहरुका विरुद्ध आफूले सम्पत्ति शुद्धीकरणका र अख्तियार दुरुपयोग आयोगसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए । ‘भर्तीमा पैसाको खेल हुन्छ भन्ने धेरैलाई थाहै छ,’ उनले भने । ब्रिटिस आर्मी र सिंगापुर पुलिसको भर्ती प्रव्रिmयामा गडबडी हुने गरेको भन्दै पिपल्स् एक्सन पार्टी र गोर्खा जस्टिस् पोखराले सोमबार पत्रकार सम्मेलन नै गरेको थियो ।



पिपल्स् एक्सन पार्टीका अध्यक्ष बलराम थापामगरले परीक्षाहरुमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने युवालाई पनि फेल गर्ने गरेको आरोप लगाए । उनले भने, ‘अनुचित लाभका आधारमा आफैंले चाहेका व्यक्तिहरुलाई भर्ती लिने गरिएको छ ।’ ‘भर्ती छनोटका लागि पुल अप १८, सिटअप १ सय १२ गरेको र आठ सय मिटर दौड २ मिनेट ११ सेकेन्डमा पार गर्ने योग्य व्यक्तिको नाम एआरो सेलेक्सनमा पनि निस्केन’, अध्यक्ष थापामगरले भने । पैसाकै चलखेलका कारण योग्यलाई पनि फेल गराउने गरेको उनको पनि आरोप थियो ।



पोखरामा विभिन्न तालिम केन्द्रले ब्रिटिस आर्मी भर्तीको प्रशिक्षण चलाउँछन् । तीमध्ये सेटिङ मिलेका प्रशिक्षण केन्द्रबाट त्यहींको पोसाक लगाएर गएकाहरुलाई चयन गर्ने गरिएको थापामगरको भनाइ थियो । ‘फलानो तालिम केन्द्रबाट आएको हो भनेर चिनिने गरी जान नपाउने व्यवस्था हुनुपर्ने हो त्यस्तो छैन’, उनले भने । पैसा बुझाउन नसकेकै कारण थुप्रै योग्य युवा भर्ती हुनबाट बञ्चित भएको थापामगरले सुनाए । सिंगापुर पुलिसमा भर्ती लिन आएका अफिसरले आफ्नो गाउँका युवामात्रै लिएको आरोप पनि उनले लगाए ।



‘यहाँ उनीहरुको ठूलो सञ्जाल छ, कसैले चुइँक्क बोल्न सक्ने अवस्था पनि थिएन’, उनले भने, ‘डर धाकधम्की पनि देखाइन्छ, त्यसैले सर्वसाधारणले बोलेनन्, हामीले आवाज उठायौं ।’ गोर्खा जस्टिस्का अध्यक्ष नरेश गुरुङले भर्ती छनोट गर्दा डिजिटल स्कोर बोर्डबाट नजिता सार्वजनिक गर्ने व्यवस्थाको खाँचो औंल्याए । भर्ती चयन गर्न बहालवाला ब्रिटिस आर्मीको सट्टा अवकाशप्राप्तहरु बस्ने हुनाले गडबडी भएको उनको आरोप थियो ।



साभार-http://www.npnews.net
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger