Latest Updates :

काठमाडौंको सानो भर्याङमा गएको रात यसरी बग्यो स्कार्पियो (भिडियो हेर्नुहोस)

SHARE THIS POST :
काठमाडौं । यो बर्षको बर्खा सुरू भएपछि सर्वाधिक चर्चा पायो काठमाडौं सामाखुसीको बाढीले, जहाँ स्कुले किशोरी सत्या सापकोटा बगेकी थिइन्।

काठमाडौंकै केही स्थानमा बाढीले मोटरसाइकलहरू बगाएको भिडियोहरू पनि सामाजिक सञ्जालमा निकै देखिए।

काठमाडौंको चर्चा पछि बाढीको विनास लिला तराइका जिल्लामा मच्चियो। बाढीले सधै पिरोल्ने तराइका जिल्लाहरूमा यो सयभन्दा बढीले ज्यान गुमाए। हजारौं घरबारविहीन बने।

पछिल्ला दिनमा बाढीको खासै चर्चा छैन। बर्खा सकिएको छनक मौषमले दिएको छ। तर हिजो बुधबार राति काठमाडौंको सानो भर्याङमा एउटा स्कार्पियो बाढीले बगायो। बा १६ च ४०५८ नम्बरको स्कार्पियो बाढीमा बगेर नालीमा पुगेको हो।

सडक छेउमा पार्किङ गरि राखिएको स्कार्पियो कतिबेला बग्यो स्थानीयले पत्तो पाएनन्। बिहान हेर्दा बाढीले बगाएर नालीमा पुर्याएको अवस्थामा देखियो।

सानो भर्याङ क्षेत्रमा बाढीले अरू ठूलो क्षति भने गरेको छैन। तर यो गाडी कसरी बग्यो भन्नेमा स्थानीय अचम्ममा परेका छन्। हिजो राति परेको भन्दा ठूलो पानी यस अगाडी कैयौं पटक परेकै हो। तर गाडी भने बगेका थिएनन्।

हेर्नुस् भिडियोः (भिडियो/फोटोः अबिरल गौतम)



साभार- http://kavrekhabar.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger