दार्चुला घर भएका प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति गोली हानी हत्या गरेको सुरक्षास्रोतले जानकारी दिएको छ ।
गोली प्रहार गरी साथीको हत्या गर्ने लोहारलार्इ सैनिक हिरासतमा राखिएको छ । मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे केही बोलेको छैन । आपसी मनमुटावका कारण गोली हानी हत्या गरेको हुन सक्ने सुरक्षा स्रोतले जनाएको छ । पोखराको फूलबारीस्थित सिद्धिबक्स गणले रत्न मन्दिरको सुरक्षा दिँदै आएको छ ।
Post a Comment