Latest Updates :

पहिरोबाट मृत्यु भएकाको परिवारलाई २४घण्टा भित्रै मृत्यु दाबी रकम हस्तान्तरण

SHARE THIS POST :

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पहिरोमा परी निधन भएकी सिन्धुलीको कमलामाई नगरपालिका-६ बस्ने दुर्गाकुमारी खड्काका परिवारलाई १० लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले दिएर आममानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरुप निधन भएको २४ घण्टाभित्र रकम हस्तान्तरण गरेको हो ।

मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक बिरोध भट्टले मृतकका श्रीमान उदयबहादुर खड्कालाई प्रदान गरे । बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा २४ हजार ३ सय ५ रुपैयाँ मात्र बीमाशूल्क बुझाएकी थिइन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger