Latest Updates :

दुर्घटनामा साइकल यात्रीको निधन

SHARE THIS POST :
सुनसरी सदरमुकाम इनरुवामा सोमबार साँझ ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका–८ कालीझोरा बस्ने ६२ वर्षीय केसीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–३ महेन्द्र चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नंको ट्रकले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक जिप्रका सुनसरीको नियन्त्रणमा रहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger