मासु पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका श्रीमान-श्रीमतीबीच प्रायः सधैं जसो झगडा हुने गरेको छिमेकीहरुले बताए। तर, बुधबार विहानै रक्सी सेवन गरी कोठामा आएका दिनेश र उनकी श्रीमती सुशीलाबीच झगडा भएको थियो। झगडाले उग्ररुप लिएपछि सुशीलाले दिनेशमाथि ब्लेडले हमला गरिन्। दिनेशको घाँटीको माथिल्लो भागमा ब्लेडले काटिएर उनी गम्भिर घाईते भएका हुन्।
हाल उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ। दिनेशको अवस्था हाल घतरामुक्त रहेको भएपनि घाँटीको घाउ गहिरो रहेको चिकित्सकले बताएका छन्। सुशीलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
-अन्नपूर्ण
Post a Comment