हालै रिलिज ‘म त यता किनारमा ….’ बोलको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ । उत्तम सञ्जेलको शब्द र किरण कँडेलको संगीत छ । तर, उक्त गीत ‘देवरबाबु’ को ‘बास्ना मिठो कस्तुरीको…’ को कपी गरेको भन्दै आलोचना हुन थालेपछि दीपकराजले मंगलबार राति फेसबुकमार्फत प्रस्टीकरण दिएका छन् ।
उनले सो गीत चोरी नभएको भन्दै संगीतकारहरूले भनिसक्दा पनि विवाद निकाल्नु ‘भाइको रिसमा गाईगोठमा आगो झोस्दा एकदिन घरै जल्छ’ भने जस्तै रहेको टिप्पणी गरेका छन् ।
‘हरेक सिर्जनालाई ‘चोरीको’, ‘ठगीको’, यस्तो त्यस्तो भन्दै हामीमाथि खनिएका छन्, उनलाई लाग्छ यो सिद्धियो भने विस्तारै अरूलाई पनि सिध्याउँला र त्यो पुरानो अवस्थालाई फेरि स्वागत गर्न पाइएला । संगीतकार भनिरहेछन् यो चोरिएको होइन लोकगीत हो, यसको प्रयोग मात्रै हो ।
जानकारहरू त्यही भनिरहेका छन्, तर बारबार केही जिम्मेवार व्यक्तिहरू नै फेसबुकका भित्ताहरूमा यो प्रसंग उठाएर आत्मसन्तुष्टि लिइरहेका छन्,’ दीपकराजले लेखेका छन्, ‘एउटै घर हो हामी बस्ने, गल्ती हुँदा सम्झाउनु, हप्काउनु सही हो.. तर गल्ती नै नहुँदा हात धोएर पछि लाग्नु चाहिँ भाइको रिसमा गाई बस्ने गोठमा आगो लगाउनु जस्तै हो । एकदिन त्यो गोठको आगोले घरै जल्न सक्छ ।’
पछिल्लो समय नेपाली चलचित्रको लोकप्रियताले केही व्यक्ति अत्तालिएको र विभिन्न विवाद निकालिरहेको दीपकराजको भनाइ छ । ‘छक्का पञ्जा २’ को ‘म त यता किनारमा….’ बुधबार बिहानसम्म युट्युबको ४ नम्बर टे«न्डिङमा छ । अहिलेसम्म ६ लाख बढीले यो गीत हेरिसकेका छन् ।
साभार- http://www.pnpmedianepal.com
Post a Comment