Latest Updates :

अमेरिकामा एक नेपाली लाई रेलको ट्र्याकमा धकेलेर मार्ने प्रयास

SHARE THIS POST :
एक विक्षिप्त युवकले रेलको ट्र्याकमा धकेलिदिँदा अमेरिकामा नेपाली महिला घाइते भएकी छन् ।४९ वर्षीय कमला श्रेष्ठलाई अमेरिकाको इष्ट भिलेज सववे स्टेसनको रेल्वे लिकमा एक व्यक्तिले धकेलेर ज्यान लिने प्रयास गरेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

उनी हट्सन मेट्रो स्टेसनमा एफ प्लेटफर्मको दोस्रो एभेन्यूमा उभिइरहेकी थिइन् । त्यतिबेलै कसैले पछाडिबाट ट्र्याकमा धकेलिदियो । यो घटना मंगलबार राति पौने ९ बजेको हो । भाग्यवस त्यतिबेला रेल आइरहेको थिएन र त्यहाँ रेल कुरिरहेका अन्य मानिसहरुले कमलालाई तत्कालै बाहिर निकाले । उनलाई बेलेब्यू अस्पतालमा लगियो । टाउकोमा सानो चोट लागेको छ र डाक्टरले भनेका छन्, ‘उनी खतरामुक्त छिन् ।’

‘आज मैले नयाँ जीवन पाएँ’ श्रेष्ठले अस्पतालबाट स्थानीय अनलाइनलाई प्रतिक्रिया दिइन्, ‘म खुसी महशुस गरिरहेको छु, वास्तवमै आज म लगभग मरेको थिएँ ।’प्रहरीले कालो रंगको टिसर्ट र पाइन्ट लगाएको कालो वर्णको अन्दाजी २० वर्षीय युवकलाई घटनाको अभियुक्तको रुपमा पहिचान गरेको छ, जो घटनालगत्तै स्टेसनबाट बाहिर निस्किएर भागेको थियो । तीन बच्चाकी आमा श्रेष्ठ, कामबाट घर र्फकँदै थिइन् । स्टेसनमा रेल कुरिरहेका बेला जव उनी पानी पिउन थालिन्, कसैले उनलाई पछाडिबाट धकेलेको थियो ।

उनले आक्रमणकारी देख्न पाइनन् । ‘उसले केहि भनिरहेको थियो तर, मैले केहि बुझेकी थिइनँ । उसले भनेको थियो, ‘के तपाईं मसँगै मर्न चाहनुहुन्छ ? यस्तै यस्तै केहि’ उनले भनिन्, ‘उ दुब्लो थियो, तर बलियो थियो, उसले मलाई धकेल्न निक्कै बल लगायो ।’

“म मर्न चाहन्नँ’ भन्दै जब म चिच्याएँ, दुई जनाले मलाई लिकबाट बाहिर निकाले’ उनले भनिन् ।श्रेष्ठले भनिन्, ‘यो निक्कै खराव हो, आज मलाई धकेल्नेले भोलि अरु कसैलाई यसैगरी धकेल्न सक्छ ।’कमलाका पति नम श्रेष्ठका अनुसार उनको टाउकोमा १० वटा टाँका लगाइएको छ । sabhar:अनलाइनखबर

साभार-http://nayaghatna.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger