बुधवार ललितपुरमा सेट लगाएर र्यापर लाउरे र एड्रेले फिल्मका लागि र्याप गीत गाए । छायांकन गरिएको भिडियोमा लाउरे, एड्रेसँगै फिल्मका मुख्य कलाकार द्वय निश्चल बस्नेत र आशिफ शाहलाई पनि देख्न सकिनेछ । फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाह गरेका छन् ।
ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।
हेर्नुस भिडियो:
साभार-http://www.pnpmedianepal.com
Post a Comment