Latest Updates :

१४ महिना लामो कष्टपूर्ण सिरिया बसाइ र संघर्षपछि नेपाल फर्किएकी सुनिता आफ्नै कोठामा मृत फेला परिन् ।

SHARE THIS POST :
धादिङ : १४ महिना लामो कष्टपूर्ण सिरिया बसाइ र संघर्षपछि २०७२ असार ३१ गते सकुशल नेपाल फर्किएकी धादिङ नीलकण्ठ नगरपालिका वडा नं ८ की सुनिता मगर गत जेठ १६ गते पोखरा लेखनाथ महानगरपालिकास्थित संगमटोलको एक घरमा आफ्नै कोठामा मृत फेला परिन् ।

वैदेशिक रोजगारीका लागि जाने क्रममा श्रम स्वीकृति नै नभएको द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएकी सुनिताको विषयमा अन्नपुर्ण पोस्ट्ले लगातार समाचार प्रकाशित गरेपछि देशविदेशबाट उनलाई नेपाल झिकाउन पहल भएको थियो ।भारतको बाटो हुँदै रोजगारीका लागि लैजाने क्रममा श्रम स्वीकृति नै नभएको द्वन्द्वग्रस्त मुलुक सिरियामा दलालमार्फत बेचिएकी सुनिता मगरलाई फिनल्यान्डमा बस्दै आएका धादिङकै बालकृष्ण श्रेष्ठले नेपाल फर्काउने प्लेन टिकटका लागि आवश्यक रकम संकलन अभियान चलाएका थिए ।

सुनितालाई नेपाल फर्काउन तीन लाख रुपैयाँ घरबेटीलाई बुझाउनुपर्ने भएपछि ‘आमा म सिरियामै मर्ने भएँ’ शीर्षकमा २०७२ असार १७ गते समाचार छापिएको थियो । तर सुकशल नेपाल फर्केको दुई वर्षपछि सुनिता आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । उनले आत्महत्या गरेको डाक्टरी रिपोर्ट र पुलिसले भने भए पनि सुनिताको माइतीले आफै आत्महत्या गरिन् भनेर स्वीकार्न सकेको छैन । ‘त्यत्रो पीडा र आतंक सहेर विदेशमा बसेकी छोरीले कसरी झुन्डिएर ज्यानै फाल्न सक्छिन् ? ‘, आमा सावित्री मगरले प्रश्न गरिन् ।२०७२ असार ३१ गते घर फर्किएपछि सुनिता केही समय घरमै बसिन् । सिरियामा बेचिएर घर फर्किएको भनेर गाउँमै बस्न असहज भएको उनले गुनासो गर्ने गरेको आमा सावित्रीको भनाइ छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger