आत्मसमर्पण गरेका अभियुक्त सुशील गुरुङले आफ्नी श्रीमती तारा र असई गुरुङलाई आपत्तिजनक अवस्थामा फेला पारेको वयान प्रहरीलाई दिएका छन् । उनले गत बिहीबार मध्यरातमा आफू कार्यरत छिमेकीगाउँ मार्पाकदेखि घर आउँदा मृतक असई र श्रीमती तारालाई कोठामा आपत्तीजनक अवस्थामा फेला पारेपछि आवेगमा आएर २ मुक्का हानेर ढोका थुन्ने बाँसको आग्लोले प्रहार गरेपछि असई भागेको बयान दिएका छन् । असईभन्दा श्रीमती अगाडि भागेको र पछि असई भागे पनि खोज्दा फेला नपरी भोलीपल्ट मृत अवस्थामा फेला परेपछि आफू गाउँबाट भागेर मार्पाकमै पुगेको उनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका सुशीललाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको डीसएपी पंजीयारले बताए । प्रहरी सहायक निरीक्षक गुरुङको गत १३ गते शुक्रबार राति कार्यालय नजिकै मकै बारीमा हत्या भएको अवस्थामा शव फेला परेको थियो । घटनालगत्तै प्रहरी चौकी नजिकै घर भएकी स्थानीय तारा थापा मगरलाई पक्राउ गरेको थियो । तारा सुशीलकी पत्नी हुन् । उनकैको असईसँग अवैध सम्बन्ध रहेको कुरा सुशीलले आत्मसमर्पण गरी प्रहरीलाई बताएका हुन् ।
Post a Comment