Latest Updates :

काठमाडौको न्युरोडमा भुतले मान्छे पिट्यो !मान्छेहरु भागाभाग (हेर्नुहोस भिडियो)

SHARE THIS POST :
काठमाडौ। देशकै सर्वाधिक व्यस्त मानिएको न्युरोड क्षेत्रमा भुतले मान्छे कुटेको भन्दै सनसनी मच्चिएको छ।
न्यूरोडको रन्जना हल छिर्ने गल्लीमा रहेको ‘भूतघर’ मा सोमबार अपराहृन पसलका मालिकलाई भुतले पिटेको हल्लाले यतिखेर पुरै न्युरोड ‘त्राहीमाम’ छ।
‘भूतघर’मा रहेको चस्मा पसलका मालिकले आफूलाई भूतले गालामा हानेको बताएका छन् । भूतले पिटेको भन्दै उनी पसल बन्द गरेर भागेको बताइएको छ।
भूतले मान्छे पिटेको हल्ला चलेपछि हेर्ने हरुको भिड लागेको छ भने ट्राफिक आबागमन समेत प्रभावित भएको छ ।
त्यो घर भूत आउने घर भनेर धेरै बर्ष अघि देखि खालि थियो, भुइँ तलाको पसल बाहेक. केहि दशक अगाडी माथिल्लो तल्लामा नि केही पसल टेलारिंग पसल थियो, तर कुनै पनि पसल धेरै दिन टिकेन. ब्यापारिक दृष्टिकोणले अत्यन्तै पायक पर्ने र लायक घर भए नि खालि हुनु वा भाडावाल न टिक्नु रहस्यमय नै छ .

केहि बर्ष अघि त्यस घरका मालिक संग कुरा गर्ने मौका मिलेको थियो . कुराको सिलसिलामा भूत आउने कुरा सत्य हो भनि सोध्दा उहाँले सत्य हो नै त भन्नु भएन तर केही गडबड को संकेत चाही गर्नु भएको थियो . माथिल्लो तल्ला जाने भर्यांग नै बिगारेर वा बन्द गरेर पसल भाडामा दिइएको छ . अर्थ केहि न केहि गडबड छ .

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger