बिस्तारै रक्सी पिउने लतबाट छुटकारा पाउने यात्रामा रहेको पूजाले बताएकी छिन् । केही दिनअघि पूजाले आफ्नो ट्वीटरमा एक सेल्फी पोष्ट गर्दै त्यस्तो जानकारी दिएकी हुन् ।
पूजाले सन् २०१६ को डिसेम्बरदेखि रक्सी छोएकी पनि छैनन् । उनले मुम्बई मिररलाई दिएको अन्तर्वार्तमा भनेकी छिन्, ‘म अहिले ४५ वर्षको भएँ र यदि मैले आफ्नो आयुलाई १० वर्ष थप गर्ने सोँचेकी छु भने यसका लागि मैले सबैकुरा छोड्नुपर्छ । मैले रक्सी र नशाको सबै लत त्याग्नुपर्छ ।’ पूजाले अन्तर्वार्तापछि रक्सीलाई हात लगाएकी छैनन् ।
पूजा महेश भट्टकी जेठी श्रीमतीकी छोरी हुन् । महेशकी श्रीमती किरन भट्ट एङ्गलो इन्डियन थिइन् । उनलाई लरेन ब्राइटको नामले चिनिन्छ । पूजाका साथै किरनसँग महेशका एक छोरा पनि छन् । उनी राहुल भट्ट हुन् । अब पूजा भट्ट आफ्ना बुवा महेश, सौतेनी आमा सानी राजदान र सौतेनी बहिनी आलिया भट्टसँगै बस्छिन् । – एजेन्सी
साभार-http://www.pnpmedianepal.com
Post a Comment