७५ अर्ब रुपैयाँभन्दा बढीको चिट्ठा परेपछि उनले खाँदै आएको जागिर पनि छाडिदिएकी छिन् । जागिर छाडिदिएको खबर माभिसले मिडियासामु बताएकी छिन् । उनको लक्की नम्बर ६, ७, १६, २३, २६ र ४ थियो ।
यसअघि जनवरी २०१६ मा अमेरिकाको पावरबेल ज्याकपटमा १ दशमलब ६ बिलियन अर्थात् (१ खर्ब ६० अर्ब रुपैयाँ)को चिट्ठा खोलिएको थियो । सो राशि तीन टिकट होल्डर्सबीच बाँडिएको थियो ।
गत बुधबार राति टिकट ड्र गरिएको थियो । चिट्ठा जितेपछि माभिसले भनिन्, ‘मेरो पहिलो काम घर बनाउनु हो, घर बनाएर आराम गर्न चाहन्छु । मेरो यो सपना थियो, पूरा भएको छ ।’
उनले आफ्नो आफन्तको जन्मदिनका आधारमा लक्की नम्बर चुनेकी थिइन् । माभिसले भनिन्, ‘मैले ३२ वर्षसम्म मेडिकल सेन्टरमा जागिर गरेँ । मैले मालिकलाई खबर गरिसकेँ कि अबदेखि जागिरका लागि फर्किएर आउने छैन । अब म ओछ्यानमा आराम गरेरै समय बिताउँछु ।’ माभिसले गत वर्ष मात्रै एउटा कार लिएको पनि बताइन् । किस्ताबन्दीमा किनेको त्यो कारको पैसा पनि अब एकैचोटि तिरिदिने उनले बताएकी छिन् ।
– नयाँ पत्रिका
Post a Comment