सुनीलकी श्रीमती ‘माना शेट्टी’को आफ्नो अलग पहिचान छ र सम्पति पनि । उनी एक सुपरवोमन(व्यावसायिक महिला) हुन् । माना शेट्टी एक सफल महिला व्यावसायी त छदैछिन्, त्यसबाहेक उनी एक समाज सेवी र घरजग्गाकी खरिद–बिक्रीकी रानी हुन् । मानाले श्रीमान् सुनीलसँग मिलेर ‘एस–२’ नामबाट एक घर जग्गा खरिद–बिक्री प्रोजेक्ट सुरु गरे, जस अन्तर्गत उनीहरुले मुम्बईमा २१ सानदार घर बनाएका छन् ।
यसबाहेक माना एक ‘लाइफस्टाइल स्टोर’ पनि चलाउँछिन्, जसमा सजावटदेखि लिएर दैनिक जीवनमा प्रयोग हुने हरेक सानदार चीज उपलब्ध छन् । त्यस्तै, माना शेट्टी ‘सेभ द चिल्ड्रेन इन्डिया’ नामक एक एनजीओसँग पनि जोडिएकी छिन् ।
पैसा जुटाउँनका लागि उनी समय–समयमा ‘आराइश’ नामक प्रदर्शन पनि गर्छिन्, र त्यसबाट उठेको पैसा युवती तथा महिलाका लागि प्रयोग गरिन्छ । इन्टरनेटमा उपलब्ध आंकडाअनुसार, सुनील शेट्टी बर्षेनी करिब १०० करोडको कमाई गर्छन् । सनीलका सानदार फ्ल्याट, गाडी, कार, बाइक, रेष्टुरेन्ट छन् । यसबाहेक उनी आफ्नो एक प्रोडक्सन हाउस चलाउँछन् । त्यस्तै, पत्नि माना शेट्टीको कमाई सुनीलको दुई गुणा बढी छ ।
Post a Comment