Latest Updates :

बन्दुकको डर मा भोकभोकै बाँचिरहेका नेपालीको गुहार– घर फर्कन पाऊँ (भिडियोसहित)

SHARE THIS POST :
काठमाडौं । शारीरिक र मानसिक यातना पाई साउदी अरबमा भोकभोकै बँधुवा जीवन बिताइरहेका १० नेपालीले रिहाइका लागि अपिल गरेका छन् । सात महिनासम्म तलब नदिई रोजगारदाता कम्पनीले कुटपिट गर्ने र पेस्तोल देखाई मार्ने धम्की दिने गरेको उनीहरूले बताएका छन् ।

पीडितले आफूहरू थुनामा रहेको र खान नदिई राखिएकाले सुरक्षित नेपाल फर्काइदिन सरकार र सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । वैदेशिक रोजगार पीडितको उद्धारमा काम गर्दै आएको नेपाली साझा मञ्चले जारी गरेको भिडियोमा पीडितले न्यायका लागि गुहार मागेका छन् ।Nepalese_insecure-grop-photo

यो पनि पढ्नुहोस् -  एउटै डोरीमा आमाछोराले आत्महत्या गर्नुको कारण यस्तो रहेछ !
नेपालीलाई उद्धार गर्न माग गर्दैै साउदीको रियादस्थित नेपाली दूतावास र मानवअधिकारवादी संघसंस्थालाई मञ्चले अपिल गरेको छ । अपिल जारी गर्दै मञ्चले पीडितको ज्यानको सुरक्षा र पाउनुपर्ने तलब प्रदान गरी नेपाल फर्काउने व्यवस्था गरिदिन अनुरोध गरेको छ ।

मञ्चका अनुसार अहिले पनि मोरङका रुद्र माझी, संखुवासभाका पूर्ण तामाङ र रुकुमका नविन विष्टलाई थुनेर राखिएको छ, उनीहरू भोकभोकै छन् ।

मञ्चले दूतावासलाई पठाएको पत्रमा लेखेको छ– “अहिले उनीहरूलाई जुबैलको एक कम्पनी सप्लाईमार्फत काम लगाएकाले यो हारगुहार गर्न सकेका छन्, कपिल (रोजगारदाता)को कतिफ अफिसमा लगेपछि अर्को कुनै काम नपाएसम्म भोकभोकै राख्ने गर्छ ।

यो पनि पढ्नुहोस् -  डेढ वर्ष कारावासमा बिताउँदा पनि कानुनी झन्झट ले छोडेन
यस सम्बन्धमा नेपालको मेनपावर कार्यालयमा पटकपटक फोन सम्पर्क र नेपालको प्रहरी कार्यालय फोन नं. ०९७७ १ ४१४१७७ मा उजुरी गर्दा पनि कुनै सहयोग र उद्धार नभएको, उल्टो कपिलले थाहा पाए मारेर फाल्छ कि भन्ने त्रासमा छन् । वैदेशिक रोजगारका लागि आएका उनीहरू ज्यान मात्रै बचाएर नेपाल जान पाए पनि हुन्थ्यो भन्ने अवस्थामा रहेका छन् ।”

मञ्चले राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पत्र लेख्दै पीडितको बाँच्न पाउने अधिकार र सम्झौता अनुसारको बाँकी बक्यौता तलब दिलाई नेपाल फर्काउने व्यवस्था गरिदिन आग्रह गरेको छ ।

पीडितहरू नेपालको जाउलाखेलस्थित लक्की मेनपावर ओभरसिज सर्भिसबाट सम्पर्कमा आई न्यू वल्र्ड ओभरसिज सर्भिस प्राली (दर्ता नं. ११३÷०५५÷०५६¬) मार्फत जुलाई  १९, २०१६ मा साउदी उडेका थिए । साउदी अरबको सलमान हसन अल मार्थु कम्पनी लिमिटेड (दर्ता नं. २०५३०२१९१०, कतिफस्थित कार्यालय रहेको) मा उनीहरु पठाइएका थिए ।

यो पनि पढ्नुहोस् -  देश लाई दुर्घटना बाट बचाउँन एमालेकै नेतृत्व आवश्यक छ – गगन थापा
सात महिनादेखि तलब नपाई भोकभोकै बसिरहेको गुनासो गर्दै यी १० जना नेपालीले सरकारले घर नफर्काए विदेशी भूमिमा नै मर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

पीडितहरू
जनकबहादुर खत्री, जाजरकोट
बमबहादुर बस्नेत, दैलेख
मानसिंह कामी, बाँके
मानबहादुर कामी, दैलेख
लेखबहादुर विश्वकर्मा, दाङ
गोविन्द ताम्राकार, मोरङ
जितबहादुर जोगी, तेह्रथुम
रुद्र माझी, मोरङ
पूर्णबहादुर तामाङ, संखुवासभा
नविन विष्ट, रुकुम


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger