लगत्तै सचिवालय सदस्य लीलामणि पोख्रेलले घुमाउरो भाषामा यसको विरोध गर्नुभएको एक सचिवालय सदस्यले बताउनुभयो । नेता सापकोटाले देशको राजनीति अहिले पनि प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रचण्डपथलाई पुनः स्थापित गर्दा पार्टी सङ्गठन सुदृढ हुनुका साथै सबै विषयलाई आफ्नो कमान्डमा ल्याउन सकिने बताउनुभएको थियो । ‘हिजो प्रचण्डपथ हटाउनु हुँदैन थियो । यो छाड्नाले गल्ती भयो,’ बैठकमा सापकोटाले राख्नुभएको धारणा उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘यो विज्ञान हो । अहिले पनि देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ । त्यसैले प्रचण्डपथलाई पुनः स्थापित गर्नुपर्छ । ’
सापकोटाले श्रीमती सीता दाहालको उपचारको लागि प्रचण्ड बैङ्कक जाँदा नेपाल नै त्यता गएजस्तो देखिएको उदारहण दिँदै प्रचण्डपथ पुनःस्थापित भए पार्टीले गति लिने बताउनुभएको थियो । उहाँले यसैको आलोकमा चुनावी परिणाम आफ्नो पक्षमा पार्दै सङ्गठन मजबुत पार्न सकिने बताउनुभएको थियो । सापकोटाको धारणाप्रति घुमाउरो भाषामा विरोध जनाउँदै पोख्रेलले प्रचण्डबिना पात पनि हल्लिँदैन भन्नेगरी परिभाषित गर्न नहुने बताउनुभएको थियो ।
पार्टी रूपान्तरण र कार्ययोजनाको सही कार्यन्वयन मुख्य विषय भएको भन्दै उहाँले प्रचण्डपथ जुन दिनदेखि छाडियो त्यही दिनदेखि हार्न थालियो भन्ने विश्लेषण ठीक नभएको बताउनुभयो । पोख्रेलले पार्टी एकीकरणलाई भाग खान आएको भनेर परिभाषित गरिएको भन्ने आरोप लगाउँदै यस्तो प्रवृत्तिले सङ्गठन बलियो नबनाउने बताउनुभएको थियो ।अाजकाे गोरखापत्र दैनिकमा खबर छ ।
Post a Comment